प्रदेश दुुईको प्रदेशसभा भोली बस्दै – Madhesh Update

प्रदेश दुुईको प्रदेशसभा भोली बस्दै

   April 11, 2021  

प्रदेश नम्बर २ को प्रदेशसभा बैठक सोमबार बस्न लागेको छ । कार्तिक ४ गते चौथो अधिवेशन सम्पन्न भएपश्चात प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

प्रदेशसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइए पनि सदस्यको टुङ्गो लाग्न नसक्दा बैठक बस्न नसकेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए ।

नेकपा विभाजन र जसपा एकता भएकाले कार्यव्यवस्था परामर्श समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाइए पनि उनीहरूले नाम नदिँदा समितिको बैठक अन्यौलमा परेको हो ।

भोलिदेखि सुरु हुने पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय गरिएको छ । अन्य विषयमा दलहरूसँग छलफल भइरहेको निमित्त सचिव यादवले बताए ।

यसअघि प्रदेश प्रमुख डा राजेश झा (अहिराज) ले चैत १५ गते एक सूचना जारी गर्दै ३० गते दिउँसो १ बजेका लागि प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरेका थिए ।

मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान गरिएको हो ।