यसरी हुदै छ जसपाको सिफारिशमा मधेश तथा थहरुहट आन्द्योलनताका मुद्धा फिर्ता – Madhesh Update

यसरी हुदै छ जसपाको सिफारिशमा मधेश तथा थहरुहट आन्द्योलनताका मुद्धा फिर्ता

   April 10, 2021  

जनता समाजवादी पार्टी, नेपालको सिफारिशमा सरकारले मधेश तथा थरुहट आन्दोलनताका मुद्धाहरु फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । गत विहिवार जसपाको कार्यदलले गृहमन्त्रालयमा दई सय आठ मुद्धा फिर्ताको कागजातहरु पेश गरेका छन ।

प्रधानमन्त्री र जसपा शिर्ष तहको नेताहरु मार्फत सुरु भएको संवाद कार्यन्यवन तर्फ अगाडी वढेको छ । केहि समय अघि जसपाले अघि सारेको मुद्धा फिर्ता सहितको मागहरु सम्बोधन गने गरि प्रधानमन्त्री जसपाको प्रतिनिधी सम्मलीत पाच सदस्यीय कार्यदल बनेको थियो । कार्यदलको पश्चात सरकारले केहि हप्ता अगाडी मात्रै मुद्धा फिर्ता गर्ने गरि नर्या निर्देशिबा जारी गरेका थिए ।

त्यस पछि मुद्धा फिर्ताको कागजात जुटाउन अघि वढेको जसपाका नेताहरुले विहिवार दुुई सय आठ ओटा मुद्धाको कागजातहरु सहित नया निर्देशिका अनुसार फारम भरेका छन । गृहमन्त्रालयमा बुुझाइएको यो फारम र कागजातको आधारमा अव मन्त्रीपरिषदले यी मुद्धाहरु फिर्ता लिन सक्ने छ । मन्त्रीपरिषद बैठकले मुद्धा फिर्ता सम्बधमा नया निर्देशिका ल्याए पछि जसपाका कार्यदल सदस्यहरु गृहमन्त्रालय संग पटक पटक छलफल गरेर कागजातहरु पेश गरेका छन ।

सम्भवतह अव बस्ने मन्त्रीपरिषद बैठकले यी दुुई सय आठ मुद्धा फिर्ताको निर्णय गर्ने छ ।