जसपा नेता र अन्य दलका नेताहरुको अनौपचारिक दौडधुप बाक्लिदै – Madhesh Update

जसपा नेता र अन्य दलका नेताहरुको अनौपचारिक दौडधुप बाक्लिदै

   April 1, 2021  

जनता समाजवादी पार्टीका एक जना अध्यक्ष उपेन्द्र यादव वुधवार काग्रेस सभापति शेरबहादुर देउवासग भेट गरे । त्यस अघि मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दहाल, (प्रचण्ड) देउवासंग भेट गरेका थिए । प्रचण्ड देउवासंग भेट गरेर सिधै जसपाकै अर्का नेता बाबुराम भटराई संग भेट गर्न उनको निवास पुुगेका थिए ।

प्रचण्ड काग्रेस सभापति देउवा संग मंगलवार उनको निवासमा भेटिरह्दा काग्रेस उपसभापति विमलेन्द्र निधी त्यही दिन प्रधानमन्त्री केपी ओली संग भेट गर्न वालुवाटार पुुगे । यी भेटहरुमा के कुराकानी भयो भन्ने अहिले खुल्न सकरहेको छैन । त नेताहरुको विचमा अनौपचारिक भेटघाट तीव्र देखिएको छ ।

यसै गरि वुधवार जसपाका वरिष्ठ नेता राजेन्द्र महतो संग माओवादी केन्द्रका नेता बर्षमान पुन पनि भेट गरेका छन । पुन गत ६ गते जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरलाई पनि भेट गरेका थिए ।

फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधीसभा पुर्नस्थापित गरे पछि प्रमुख दलहरु विचमा कस्तो सता समिकरण र कसरी अगाडी जाने वारेमा कुराकानी भइरहेको भए पनि कुनै ठास निष्कर्ष अहिले सम्म देखिएको छैन ।

एमाले र माओवादी केन्द्र दुुई ध्रुवमा उभिए पछि जसपा तानातानमा परेको छ । जसपाले अधिकारिक रुपमा आफुहरुको माग जसले सम्बोधन गर्छन, त्यसलाई सघाउने बताएका छन । प्रधानमन्त्री ओली पछिल्लो समयमा जसपाको माग पुरा गर्न साकारात्मक भए पछि दुुई पक्षको विचमा कार्यदल नै बनेको छ । कार्यदलले साकारात्मक रुपमा कामहरु अघि वढेको दावी गरेका छन ।

विहिवार मात्रै पनि जसपाले मुद्धा फिर्ता गर्न गरेको मागमा गृहमन्त्रालयका अधिकारीहरुसंग कार्यदल बसेको छ ।