मुद्धा फिर्ताका लागी मन्त्रीपरिषदबाट नयां निर्देशिका पारित – Madhesh Update

मुद्धा फिर्ताका लागी मन्त्रीपरिषदबाट नयां निर्देशिका पारित

   March 26, 2021  

जनता समाजवादी पार्टी, नेपाल र सरकार विचमा संवाद र छलफल चलीरह्दा विहिवार बसेको मन्त्रीपरिषद बैठकले मुद्धा फिर्ता गर्ने गरिको नयां निर्देशिका ल्याएको छ । जसपा नेपालले मुद्धा फिर्ता , रेशम चौधरीको रिहाई र संविधान संशोधनलाई आफनो वटम लाईन बनाए पछि सरकारले त्यसलाई सम्बोधन गर्न सहज हुने गरि मुद्धा फिर्ता सम्बन्धमा नयां निर्देीशका ल्याएका हुन ।

शुक्रवार कारागारमा रहेका जसपा सासंदलाई प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र नेता महेश बस्नेत भेटन पुुगेका थिए ।

बस्नेतले जसपाले उठाएको मुद्धा फिर्ता सम्बन्धमा हिजो मन्त्रीपरिषदबाट काम अगाडी वढेको सुचना संचारमाध्यमलाई सेयर गरेका थिए । मधेश अपडेटसंग एक जसपाका एक शिर्ष नेताले त्यसवारेमा कुरा गर्दै आफुहरु समकक्ष पनि त्यस्तो सुचना आएको पुष्टि गरे ।

ती नेताका अनुसार विहिवारको मन्त्रीपरिषद बैठकले मुद्धा फिर्ता सम्बन्धमा छोटो वाटो हुने गरिको निर्देशिका ल्याइएको छ । यस अघिको निर्देशिकामा मुद्धा फिर्ताको प्रक्रिया लामो रहेकाले सरकार नयां निर्देशिका ल्याएर छोटो वाटोमा वाट मुद्धा फिर्ता गरिन सक्ने व्यवस्था गरेको छ ।

स्रोतका अनुसार यस वारेमा जसपा र प्रधानमन्त्रीको कार्यदल समेत छलफल भएको थियो । नयां निर्देशिका अनुसार गृहमन्त्रालय र महान्याधिवक्ता कार्यलयको सिफारिशमा अव मन्त्रीपरिषदवाट मुद्धाहरु फिर्ता गरिन सकिन्छ । यस अघि विभिन्न सरोकार वाला निकायहरुको सहमतीको झन्झटीलो र लामो वाटो मार्फत मुद्धा फिर्ता गरिन सक्ने प्रावधान थियो ।

जसपा र प्रम ओलीको संयुक्त कार्यदलले यही हप्तामा मधेश तथा थरुहट आन्द्योलनताका २ सय ९२ मुद्धा फिर्ता गरिने गरिको कागजातहरु तयार पारेका थिए ।

जसपाका एक शिर्ष नेताका अनुसार मन्त्रीपरिषदले उक्त नयां निर्देशिका ल्याए पछि मधेश र थरुहट आन्दोलनताका मुद्धा फिर्ता गरिन अव सजिलो हुने छ । यद्यपी मन्त्रीपरिषदको निर्णय अहिले सार्वजनिक भएको छैन ।

तर विहिवार स्वयंम गृहमन्त्री रामबहादुर थापा वादल काठमाडौको माइतीघरमा रेशम चौधरीको रिहाईका लागी भइरहेको धर्नामा सहभागी हुदै आजैकै क्याविनेटवाट त्यस सम्बन्धमा ठोस निर्णय गर्न लागीएको जनाएको थियो । शुक्रवार प्रम ओली निकटका एमाले सासद महेश बस्नेत कारागारमै पुुगेर रेशम चौधरीसंग भेटेका छन । उनले चौधरीलाई मुद्धा फिर्ता र उनको रिहाईको वारेमा सरकारले गरिरहेको कामको वारेमा जानकारी गराएका थिए ।