प्रधानमन्त्री ओली हाम्रो मागप्रति सकारात्मक छन-महन्थ ठाकुर – Madhesh Update

प्रधानमन्त्री ओली हाम्रो मागप्रति सकारात्मक छन-महन्थ ठाकुर

   March 26, 2021  

जनता समाजवादी पार्टीका अध्य्क्ष महन्थ ठाकुरले आफूहरूको मागप्रति प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको बताएका छन् ।

शुक्रबार प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोह कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले कतिपय मुद्दाहरू जिल्ला अदालत, कुनै उच्च र कतिपय सर्वोच्चमा रहेकाले यस विषयमा महान्यायाधीवक्ताको कार्यालयसँग राय मागिएको बताए ।

उनले प्रधानमन्त्री ओली आफूहरूको मागलाई गम्भीरतापूर्वक लिएको तथा तीमध्ये कतिपय माग सम्बोधनबारे गृह कार्य समेत अगाडि बढाइएको दाबी गरे ।

‘प्रधानमन्त्रीसँग भएको पटकरपटक भएको वार्ता सकारात्मक रह्यो,अध्यक्ष ठाकुरले भने, वार्ताको क्रममा विभिन्न मागबारे भएको सहमतिको सम्बोधन हुनेमा हामी विश्वस्त छौं ।

अध्यक्ष ठाकुरले राजनीतिकलाई विवादभन्दा पनि छलफल र संवादको साथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै नेकपा एमालेबीचको किचलोको कारण मुलुक अनिर्णयको बन्दी बनेको दाबी समेत गरे ।