जसपाको सिफारिशमा २ सय ९२ मुद्धा फिर्ता लिदै सरकार

जनता समाजवादी पार्टी, नेपालको सिफारिशमा सरकारले मधेश तथा थरुहट आन्द्योलनताका २ सय ९२ मुद्धा फिर्ता लिने गृहकार्य अघि वढाएको छ । रेशम चौधरीको रिहाई, मधेश तथा थरुहट आन्दोलनताका मुद्धाहरु फिर्ता र संविधान संशोधनलाई वटम लाईन बनाएर सरकारसंग संवादमा अघि वढेको जसपा स्रोतका अनुसार कार्यदल स्तरले उक्त काम अगाडी वढाएको छ ।
मंगलवार प्रधानमन्त्री केपी ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहित दुवै पक्षका कार्यदल सदस्यहरुको संयुक्त बैठक वालुवाटार बसेको थियो ।
बैठकमा कार्यदलले यो विचमा गरेको कामहरुको ब्रिफिंग गरिएको थियो । कार्यदलका एक सदस्यका अनुसार गृहमन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मधेश तथा थहरुहट आन्द्योनताका लोगेका मुद्धाहरुको पछिल्लो विवरण २ सय ९२ छ । एक सदस्यले मधेश अपडेटलाई दिएको जानकारी अनुसार गृहमन्त्रालयको समन्वयमा कार्यदलले गरिरहेको काम अनुसार यदी सरकारले केहि दिनमा निर्णय लियो भने त्यसमा २ सय ९२ जनाको मुद्धा फिर्ता हुदै छ ।
यद्यपी यो विचमा कार्यदलका सदस्यहरुले औपचारिक रुपमा बोल्न मानेका छैन । कार्यदलले मुद्धा फिर्ता सिफारिश सम्पुर्ण काम सकाए पछि मंगलवा दवै तर्फको शिर्ष तहको उपस्थितीमा त्यसवारेमा जानकारी गराइएका छन ।
पार्टी विभाजन पछि वर्तमान प्रधानमन्त्री केपी ओलीलाई आफनो पद सुरक्षित गर्न जसपाको समर्थन अनिवार्य बने पछि जसपाले अघि सारेको एजेन्डा सम्बोधन हुने गरि काम सूरु भएको छ ।
जसपाले आफनो माग पुरा नभए सम्म सता समिकरणमा सहभागी नबन्ने अडान लिए पछि प्रधानमन्त्री मुद्धा फिर्ता गर्न अग्रसरता लिएका छन ।
जसपा स्रोतका अनुसार यद्यपी अझै जसपाका शिर्ष नेताहरु निर्णय नआए सम्म ढुक्क हुन सक्ने अवस्थामा छैन । तर कार्यदल सदस्यका अनुसार संवाद र गृहकार्य साकारात्मक रुपमा अघि वढेको छ ।
मुद्धा फिर्ताको साथै जसपाले संविधान संशोधन र बन्दीहरु रिहाईको पनि माग गरेका छन ।