सिके राउत विरुद्ध कैलाह महतो सहितका नेताहरुको विद्रोह । महतो भन्छन – पहिलो मधेश आन्दोलनताका मुद्धाका लागी अव लडछु
सिके राउतलाई सुरु देखि साथ दिदै आएका प्रमुख सहयात्री कैलाह महतो उनी विरुद्ध विद्रोह गरेका छन । राउतले आफनो पृथकतावादी अभियानका लागी बनाएको स्वतन्त्र मधेश गठवन्धनमा सहसंयोजक समेत रहेका महतो तराई मधेशमा सदभावना पार्टीमा आवद्ध भएर लामो समय राजनिती गरेका व्यक्ति हुन । पहिलो मधेश आन्द्योलन पश्चात तात्कालिन मधेशी जनअधिकार फोरमले सरकारसंग गरेको समझौता गलत भएको भन्दै फोरमवाट अलगीएका महतो राउतसंग जोडिएका थिए ।
राउतको सहयात्रामा सूरु देखि जोडिएका महतो शनिवार नवलपरासीमा पत्रकार सम्मेला गरेर आफु राउत नेतृत्वको जनमत पार्टीबाट अलगीएको घोषणा गरेका छन ।
महतोले राउत नेकपाको सहयात्री जस्तो देखिएको समेत आरोप लगाउदै उनीवाट मधेशको अधिकार प्राप्ती सम्भव नभएको समेत दावी गरेका छन । वर्तमान नेकपाको सरकारसंग मुलधारको राजनितीमा आए पछि राउतले गठन गरेको जनमत पार्टीमा महतो असन्तुष्ट रह्दै आएको थियो ।
महतो राउतको कार्यशैलीवाट जनमत पार्टीमा ठुलो असन्तुष्टि रहेको भन्दै अव छुटै नया तरिकावाट मधेश अधिकारका लागी लडने बताए । मधेश अपडेटसंग कुरा गर्दै महतोले पहिलो मधेश आन्द्योलनताका तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संग भएको सहमती कार्यन्वयनका लागी अव आफुहरु नयां तरिकाले सघर्ष गर्ने बताए । उनले मधेश आन्दोलन पछि भएको सहमती कार्यन्वयनमा आए मधेशले अधिकार पाउने बताउदै महतोले यसका लागी कसरी अगाडी वढने भन्नेमा पार्टीका सार्थीहरु संग कुराकानी भइरहेका्े बताए । उनले त्यस वारेमा चाडै नै निर्णयमा पुगिने समेत बताए ।