महन्थ ठाकुरसंग भेटे प्रचण्ड निकट माओवादी केन्द्रका नेता बर्षमान पुन – Madhesh Update

महन्थ ठाकुरसंग भेटे प्रचण्ड निकट माओवादी केन्द्रका नेता बर्षमान पुन

   March 20, 2021  

जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसंग शुक्रवार साझ माओवादी केन्द्रका नेता बर्षमान पुन भेट गरेका छन । नयां सतामिकरणको रस्साकस्सी चलीरह्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट नेता पुन शुक्रवार जसपा अध्यक्ष ठाकुरलाई भेट गरेका छन ।

जसपा अध्यक्ष ठाकुर पछिल्लो समयमा आफुहरुको माग जसले पुरा गर्छ त्यसलाई आफुहरुले समर्थन गनेृ अडान राखी रहेका छन । अघिल्लो हप्ता मात्रै ठाकुर सहित जसपाका शिर्ष नेताहरुले प्रचण्ड सहित प्रमुख तीनै दलका शिर्ष नेताहरुसंग भेट गरेका थिए ।

गत विहिवारको बैठकको जसपाले आफुहलाई सता समिकरणमा सघाउने निर्णय लिने सक्ने संकेत यस अघि माओवादी केन्द्रका नेता पुनले सार्वजनिक रुपमा दिएका थिए । तर गत विहिवारको बैठक अन्त्मि समयमा आएर जसपाले स्थगीत गरेका थिए ।

जसपा बैठक ठाकुरकै प्रस्तावमै स्थगीत भएको भोली पल्ट पुुन उनलाई भेटेका छन ।