सता समिकरणको बिषयमा यो पटक जसपा शर्तक छ – राजेन्द्र महतो

जनता समाजवादी पार्टीका वरिष्ट नेता राजेन्द्र महतोले काठमाडौमा चलीरहेको नयां सतासमिकरणको सन्दर्भमा आफुहरु शर्तक रहेको बताएका छन । शुक्रवार बाराको सिम्रोणगढमा आयोजित शोकसभा कार्यक्रमलाई सम्बोधन गर्दै महतोले मुद्धालाई बिर्सेर अव जसपा नेपाल कसैसंग सतासहयात्रा नगर्ने पनि प्रष्टाए । उनले भने, यो पटक हामी शर्तक र सजग छौ ।
आफुुहरुका लागी काग्रेस, एमाले र माओवादी केन्द्र सबै उस्तै भएको टिप्प्णी गर्दै महतोले अव जव सम्म आफुहरुको माग सम्बोधन हुदैन तब सम्म कसैसंग सता समिकरण नबन्ने पनि बताए । उनले प्रमुख दलहरु संविधान र शासनको फोहरी खेलमा लागेको भन्दै संविधान र शासनमा सबै नेपालीको अपनत्व नभए पनि देश अगडी नवढने पनि बताए ।
प्रतिनिधीसभा पुर्नस्थापना पछि सता समिकरणमा जसपा निर्णयाक देखिएको वेला र जसपा भित्रै दुुई धार देखिरह्दा महतोले जसले आफुहरुको माग सम्बोधन गर्छ, त्यासलाई आफुहरुले सघाउने पनि प्रष्टाए । उनले प्रमुख दलहरु मधेशीहरुलाई ठगेको उल्लेख गर्दै जसपा सताको खेलमा नलागेको पनि दावी गरे ।
उनले सतासमिकरणको अध्यासमा आफुहरु नलागेको भन्द्यै प्रमुख दलहरुलाई आफुहरुले आफनो एजेन्डा र अडान सुनाइ दिएको भन्दै त्यसमा कुनै धोका नहुने पनि दावी गरे ।