महन्थ ठाकुरले अस्विकार गरेको उपेन्द्र यादवको राजनितीक प्रतिवेदनमा के छ ? (प्रस्ताव सहित) – Madhesh Update

महन्थ ठाकुरले अस्विकार गरेको उपेन्द्र यादवको राजनितीक प्रतिवेदनमा के छ ? (प्रस्ताव सहित)

   March 19, 2021  

पार्टी समायोजनको काममा तयारी नपुुगेको भन्दै स्थगीत गरिएको जसपाको विहिवारको केन्द्रिय कार्यकारणी समिति बैठकका लागी अर्को असहमतिको पक्षको थियो उपेन्द्र यादवको राजनितीक प्रस्ताव सम्बन्धको दस्तावेज । विहिवार बस्ने भनिएको जसपाको कार्यकारणी समितिको बैठकका लागी तीन ओटा एजेन्डा तय भएको थियो ।

जसमा पहिलो नम्बरमा थियो समसमायीक, दोस्रो पार्टीको समायोजन सम्बन्धमा र तेस्रो विविध । समोयजनको एजेन्डामा वढी जोड दिएको जसपाले त्यसको तयारी नपुुगेर बैठक स्थगीत गरे । तर त्यो संगै जसपाका अध्यक्ष उपेन्द्र यादवले ल्याएको राजनितीक प्रस्ताव माथी महन्थ ठाकुरको असहमती पनि थियो ।

आखिर त्यस्तो के थियो यादवको दस्तावेजमा जसप्रति ठाकुर असहमती जनाए र बैठक नै स्थगीत गर्ने प्रस्ताव गरे । मधेश अपडेटलाई प्राप्त यादवको आठ पेजको उत्त दस्तावेजमा वर्तमान प्रधानमन्त्री ओलीसंग भइरहेको संवादलाई उनको सत्ता टिकाउने अस्त्रको संज्ञा उनले दिएको छ । यादवले जसपा प्रम ओलीको सता टिकाउने अस्त्र नबन्नेमा शर्तक रह्नुु पर्नेमा जोड दिएका छन ।

५ बुदे आफनो राजनितीक दस्तावेजमा यादवले संसद विघटन देखि नयां सता समिकरण सहित पार्टीको संगठन, प्रदेश र स्थानिय तहमा रहेको जसपाको सरकार र पार्टी समायोजन सम्बन्धमा यादवले आफनो अवधारणा राखेको देखिन्छ ।

यस्तो छ उपेन्द्र यादवको राजनितीक प्रस्ताव