नागरिकता विद्येयकको विरोधमा दिनहु प्रर्दशन – Madhesh Update

नागरिकता विद्येयकको विरोधमा दिनहु प्रर्दशन

   June 26, 2020  

नागरिकता विद्येयकको विरुद्धमा तराई मधेशका जिल्लाहरुमा दिनहु प्रर्दशनहरु हुन थालेका छन । नेकपाको बहुमतको आडमा राज्य व्यवस्था समितिले नागरिकता विद्येयक पारित गर्दै प्रतिनिधीसभामा पेश गरे पछि त्यसको विरोध हुन थालेका छन । तराई मधेशका जिल्लामा जनता समाजवादी पार्टी, नेपाली काग्रेस र जनमत पार्टीले विरोध गरिरहेका छन । जनमत पार्टीले आउदो १६ गते काठमाडौ सहित देशव्यापी प्रर्दशन गर्ने समेत निर्णय गरेको छ ।

नागरिकता विद्येयकले तराई मधेश र भारतसंग रहेको सांस्कृति सम्बन्ध समाप्त पार्ने भन्दै मधेश केन्द्रित नेताहरु हालकै व्यवस्था लागु गर्न माग गरिरहेका छन । प्रतिनिधीसभामा विद्येयक नसच्याए आन्द्योलन जाने चेतावनी दिएको जसपाले स्थानिय स्तरमा हरेक दिन विरोध प्रर्दशनहरु गरिरहेका छन ।

शुक्रवार जनकपुर, राजविराज, लहान सहित प्रदेश दुईका सबै जिल्लाहरुमा विरोध प्रर्दशन भएका छन भने प्रदेश पाचका जिल्लाहरुमा समेत विरोध प्रर्दशनहरु भइरहेका छन ।

यसैगरि काग्रेस विद्यार्थी संगठन नेविसंघ र नेपाल तरुण दलले पनि जनकपुर सहितका जिल्लाहरुमा विरोध प्रदर्शन गरेको छ ।

नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई ७ वर्ष पछि मात्र अंगिकृत नागरिकता दिने नेकपाको निर्णय र नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका नेता कार्यकर्ताहरुले विधेयकप्रति असहमति जनाउँदै स्थानीय रामानन्दचोकमा शुक्रबार प्रदर्शन गर्दै आधा घण्टा चक्काजाम समेत गरेका थिए ।