जसपा ब्रिफ- पुर्वराजपाको इन्द्रेणी बैठकले ६ सदस्यीय कार्यदल गठन – Madhesh Update

जसपा ब्रिफ- पुर्वराजपाको इन्द्रेणी बैठकले ६ सदस्यीय कार्यदल गठन

   March 18, 2021  

विहिवार जनता समाजवादी पार्टीको बस्ने भनिएको केन्द्रिय कार्यकारणी समितिको बैठक स्थगीत भए पछि अनेकथरी कुरा वाहिरि आइरह्दा साझ पुर्वराजपाको छुटै बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको छ । जसपाको कार्यकारणी समिति बैठक स्थगीत गरेर विहिवार साझ काठमाडौको बानेश्वर स्थित इन्द्रेणी ब्याकेटमा बसेको पुर्वराजपा पक्षको बैठकले जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, सुनिल रोहित, रमेश यादव र संजय यादव सहभागी एक कार्यदल बनाएको छ ।

पुर्वराजपा स्रोतका अनुसार जसपाको समायोजनको क्रमममा राजपाको तर्फवाट गर्नु पर्ने कामहरु होली सम्म यो ६ सदस्यीय कार्यदलले टुुगो लगाउने छ । गत बैशाखमा तात्कालिन समाजवादी पार्टी संग एकिकरण गर्दा राजपा नेपालको आफनो आन्तरिक संगठन समायोजन भइसकेको थिएन । एक नेताका अनुसार जसपाको समायोजनमा उपेन्द्र यादवले चलखेल गन थाले पछि पुर्वराजपा पक्षलृ पहिला आफनो तर्फका सगठनहरुलाई एकरुपता दिन लागेको छ । र त्यस पछि होली पश्चात बस्ने भनिएको जसपाको कार्यकारणी समिति बैठकमा समायोजनका लागी ठोस रुपमा प्रस्तुत हुने तयारी गरेको छ ।

पुर्वराजपाको बैठकले गठन गरेको ६ सदस्यीय कार्यदललाई होली सम्म जसरी पनि पुर्वराजपाको सम्पुर्ण संगठनको एउटा खाका प्रस्तुत गर्न जिम्मेवारी दिइएको छ ।

मधेश अपडेटलाई प्राप्त जसपाको विहिवारको कार्यकारणी समिति बैठकमा एजेन्डामा समायोजन सम्बन्धी सम्पुर्ण कामहरु टुुग्याउने एजेन्डा राखिएको थियो । त्यसमा पनि मिलाएर जान सकिने अवस्था भए पनि उपेन्द्र यादवले चलखेल गर्न थाले पछि पुर्वराजपा पक्षले आफैमा पहिला संगठित भएर समायोजन टुुग्याउन समय मागेका हुन ।

पुर्वराजपाका एक शिर्ष नेता भन्छन, वाहिर हल्ला आए जस्तो कुनै विवाद छैन । हामी सबै सहमती मै समायोजन बैठक स्थगीत गरेका छौ । होली पश्चात पुन बस्छौ । जसपाको विहिवारको बैठक स्थगीत भए पछि पार्टीमा रहेको पुर्वसमाजवादी र पुर्वराजपाको पक्षमा सतासमिकरणलाई लिएर कुरा नमिलेको भन्दै विवादका कारण बैठक स्थगीत भएको समाचारहरु आएका थिए । जसपा वरिष्ठ नेता राजेन्द्र महतो बैठक स्थगीतको वारेमा आएका समाचारहरुमा कुनै सत्यता नभएको र एजेन्डा अनुसार तयारी नभएका कारण बैठक स्थगीत गर्नु परेको बताए ।