सता समिकरणका लागी उपेन्द्र यादव हत्तारिए पछि आन्तरिक छलफलमा महन्थ ठाकुर र राजेन्द्र महतो – Madhesh Update

सता समिकरणका लागी उपेन्द्र यादव हत्तारिए पछि आन्तरिक छलफलमा महन्थ ठाकुर र राजेन्द्र महतो

   March 18, 2021  

विना मुद्धा सम्बोधन सता समिकरणका लागी जसपाका एक अध्यक्ष उपेन्द्र यादव हत्ताँरिए पछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आन्त्रिक छलफलमा जुटेका छन । ठाकुर र महतो मधेश आन्द्योलनताका आफुहरुले उठाएको मुद्धा सम्बोधन नहुन्जेल प्रमुख दलहरुसंग सता समिकरण नगर्ने अडान लिईरह्दा उपेन्द्र यादव तत्काल माओवादी केन्द्रसंग सत्ता समिकरण बनाउन जोडवल गर्न थालेका छन ।

विहिवार बस्ने भनिएको कार्यकारणी समिति बैठका यादवले माओवाद केन्द्रसंग समिकरण बनाउने प्रस्ताव अडाडी सार्न खोज्दा बैठक नै स्थगीत भएको थियो । बैठक स्थगीत भए पछि महन्थ ठाकुर राजेन्द्र महतो आफना निकट नेताहरुसंग अनौपचारिक बैठक गरेका थिए । संसदीय दल र कार्यकारणी समितीमा अल्पमतमा रहे पनि यादव पार्टीमा मतविभाजन गराउन खाजे पछि ठाकुर र महतो पार्टी नफुटोस भनेर सर्तक रहेका कारण पार्टी भित्र आन्तरिक छलफलहरु थालेका छन ।

गत निर्वाचन पछि वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा सरकारमा पनि विना मुद्धा सम्बोधन उपप्रधानमन्त्री बनेका यादव अहिले पुन विना मुद्धा सम्बोधन गरिकन नै सत्ता समिकरणवारेमा निर्णय गाउन जोडवल थालेका छन । जसपाका नेताद्धय ठाकुर र महतोलाई प्रधानमन्त्री केपी ओलीले सता समिकरणको प्रस्ताव गर्दा पहिला मुद्धा मुद्धा सम्बोधनको अडान राखेका छन । र यी दुुई नेताले आफनो मुद्धा सम्बोधनका लागी सबै दलहरुसंग खुल्ला छलफल गर्न तयार रहेको बताएका छन । त्यही क्रममा ठाकुर र महतो काग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग पनि छलफल गरेका छन ।

तर यादव मुद्धालाई पुुन गौण बनाउदै सतासमिकरणको एजेन्डालाई प्राथमिकतामा राखे पछि ठाकुर र महतो आन्तरिक छलफल थालेका छन ।

केहि समय अघि वर्तमान प्रम ओलीले जसपाका अध्यक्ष ठाकुरलाई बोलाएर आफनो सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर ठाकुरले पहिला मुद्धा सम्बोधनको अडान लिए पछि प्रम ओली त्यसका लाग िछलफल गनए भनेर अनौपचारिक तवरमा कायएद्यल गठन गरेका थिए । वर्तमान ओली सरकारकै नेतृत्वमा उपेन्द्र यादव डेढ बर्ष उपप्रधानमन्त्री भएका थिए । सरकारमा जादा यादवले मुद्धा सम्बोधनबो वारेमा नत कुनै सहमती गरेका थिए । नत पछि सम्बोधन गराउन कुनै प्रयास गरे । त्यती वेला तात्कानि राजपामा रहेका ठाकुर र महतोलाई पनि सरकारमा आउन प्रम ओलीले भनेका थिए । तर उनीहरु मुद्धा सम्बोधन नहुन्जेल सम्म आफु सरकारमा नजाने बताएका थिए ।

संविधान संशोधनका लागी आवश्यक दुई तिहाई तात्कलिन राजपाकै कारण पुुग्ने भएकाले उनीहरु वाहिरि बसेर समर्थन गरेका थिए । तर आफना सासंद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाए पछि राजपाले दिएको समर्थन फिर्ता लिएको थियो । त्यतीवेला यादव सरकारमै उपप्रधानमन्त्री नै थिए । उनको मन्त्रालय प्रधानमन्त्रीले अपमानजनक ढंगले प्रमले हेरफेर गर्दा पनि उनी सरकारमै बसीरहेका थिए । पछि बाबुराम भटराईसंग पार्टी एकिकरण गरे पछि तीव्र दबाबमा परे पछि यादव सरकारवाट बाहिरिएका थिए ।