उपेन्द्रको एकतर्फी प्रस्ताव माथी सहमती नबन्दा स्थगीत भयो जसपा बैठक – Madhesh Update

उपेन्द्रको एकतर्फी प्रस्ताव माथी सहमती नबन्दा स्थगीत भयो जसपा बैठक

   March 18, 2021  

जनता समाजवादी पार्टी, नेपालको विहिवार देखि बस्ने भनिएको केन्द्रिय कार्यकारणी समिति बैठक अन्तिम समयमा आएर स्थगीत भएको छ । नेताहरुले तयारी नपुुगेको भन्दै बैठक स्थगीत भएको बताए पनि खासमा शिर्ष तहको बैठकमा एजेन्डा मै मतभेद देखिए पछि विहिवार बस्ने भनिएको कार्यकारणी समितिको बैठक स्थगीत गर्ने प्रस्ताव अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले गरेका थिए । त्यस पछि नेताहरुको विचमा होली पछि बैठक गर्नै गरि पछि नयां मिति तोक्ने सहमती बनेको छ ।

विहिवार ११ वजेका लागी वोलाइएको कार्यकारणी समिति बैठक अगाडी विहान ८ वजे पार्टी कार्यलयमा शिर्ष पाच नेताहरु एजेन्डा तय गर्न पुुगेका थिए । जसपा स्रोतका अनुसार बाबुराम भटराइ अन्य चार नेताले बैठक स्थगीत हुने निर्णय गरे पछि पार्टी कार्यलय पुुगेका थिए । पार्टी कार्यलयमा विहान ८ वजे महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो पुुगेका थिए । भटराई नपुुग्दै अध्यक्ष यादवले अन्य तीन नेतालाई समसमायीक राजनिती सम्बन्धी आफनो एजेन्डा यी हुन भनेर दिएका थिए । राजनितीक प्रतिवेदन भनेर यादवले बनाएको दस्तावेजमा यस अघि जसपाकै संसदीय दल ले समेत गरेको निर्णयलाई अस्विकार गरेको देखिए पछि ठाकुर सहित अन्य नेताहरु झस्कीएका थिए ।

त्यस पछि ठाकुरले नै अहिले को  परिस्थतीमा पार्टीलाई कुनै तर्फ खुलाउन ठिक नभएको भन्दै पहिला काग्रेस, माओवादी र एमाले भित्र कसरी घटनाक्रमहरु विकास हुन्छ त्यस अनुसार आफुहरु अघि वढदा ठिक हुने र त्इती वेला नै बैठक गरेर निर्णय गर्ने र अहिलेका लागी बैठक नै स्थगीत गर्ने प्रस्ताव गरे ।

एक नेताका अनुसार उपेन्द्र यादवले कार्यकारणी समिति बैठकम मतविभाजन गराउने गरि प्रस्ताव ल्याएको थियो । जसपाको केहि दिन अघि बसेको संसदीय दलको बैठकले आफनो मुद्धा सम्बोधनका लागी सबै दलहरु संग छलफल गर्ने र जसले आफुहरुको माग पुरा गर्छ त्यसलाई मात्रै सघाउन सक्ने निर्णय गरेका थिए ।

तर यादवले विहिवार कार्यकारणी समितिको बैठकमा ल्याउन खाजेका एजेन्डा र दस्तावेजमा मुद्धा सम्बन्धी कुनै कुरा उल्ल्ेख नगरिकन सिधै माओवादी केन्द्रसंग मिल्ने गरि प्रस्ताव ल्याएका थिए । जुन कुरा अर्का अध्यक्ष ठाकुरले अस्विकार गर्दै आइरहेका छन । ठाकुरले मुद्धा सम्बोधन नगरे माओवादी केन्द्र सहित कुनै पनि दलहरु सग नगर्ने कुरा सार्वज्निक रुपमै बताउदै आएका छन ।
बुधवार मात्रै काठमाडौमा आयोजित एक कार्यक्रममा ठाकुरले अव खाली चेकको आधारमा जसपा कसै संग नजाने उल्लेख गर्दै आफुुहरुको माग म्बोधन भए पछि मात्रै कुनै प्रकार समिकरण वारेमा छलफल हुन सक्ने दावी गरेका थिए ।

नेताहरुका अनुसार उपेन्द्र यादवले जसरी पनि माओवादी केन्द्र संग मिलेर जानुपर्छ भनेर एजेन्डा बनाउन थाले पछि विहिवार देखि सुरु हुने भनिएको बैठक स्थगीत गरिएको छ । पार्टीमा मतविभाजनले नहोस र त्यसले वाहिरि विभाजनको हल्ला रहेकालाई थप मलजल गर्ने भन्दै ठाकुरले बैठक स्थगीत गराएका हुन ।

ठाकुर र महतोको बैठक स्थगीत गर्ने प्रस्तावमा पछि पार्टी कार्यलय पुुगेका जसपा वरिष्ठ नेता बाबुराम भटराईले पनि समर्थन गरेका थिए ।