तयारी नपुुगेको भन्दै जसपा कार्यकारणी समिति बैठक स्थगीत

आज देखि बस्ने भनिएको जसपा नेपालको केन्द्रिय कार्यकारणी समिति बैठक स्थगीत भएको छ । आज विहान बसेको पदाधिकारीहरुको बैठकले पार्टी एकिकरण पछिको समायोजन काम नसकिएको भन्दै त्यो काम सकाएर होली पश्चात मात्रै कार्यकारणी समिति बैठक गर्ने निर्णय गरेको थियो ।
गत साउनमा बसेको जसपाको पहिलो कार्यकारणी समित बैठकले गत मंसीर भित्रै पार्टीको सबै तहको समायोजन कम नकिने गरिको निर्णय गरेको थियो । तर उत्त समयमा समयोजन काम नसकिए पछि गत माघमा पुन अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले पार्टीको सबै तहमा आन्तरिक सकुर्लर जारी गर्दै माघ मसान्त भित्रै सबै तहलाई समायोजन गर्न निर्देशन दिएका थिए । तर उक्त सकुर्लर अनुसार पनि समायोजनको काम हुन नसके पछि जसपाका शिर्ष तहमै पछिल्लो समयमा समायोजनका लागी गृहकार्यहरु चलीरहेको थियो ।
गत बैशाखमा तात्कालिन राजपा नेपाल र समाजवादी पार्टी विचमा माथि देखि तल सम्म समान हैसियतमा पार्टी समायोजन गर्ने गरि एकिकरण भएको थियो । त्यस पछि जसपाले सहमति अनुसार केन्द्रमा कार्यकारणी र केन्द्रिय समिति टुुगो लगाएको छ । ५१ सदस्यीय कार्यकारणी समित बनाएको जसपाले ८ सय सदस्यीय केन्द्रिय समित हालै गठन गरेको थियो ।
भातृ संगठनहरुको समायोजनका लागी दुवै पक्षको सहभागीतामा कार्यदल नै निर्माण भए पनि भातृ संगठनहरुको समायोजन काम असहले सम्म सकिएको छैन । कार्यदलले अहिले सम्म प्रस मन्च नेपालको समायोजन मात्रै सकाएको छ । उक्त कार्यदलमा वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ सुक्ला, केशव झा, हिसिला यमी, रकम चेम्म्जोग सहितका नेताहरु छन ।
स्थानिय तह, निर्वाचन क्षेत्र, जिल्ला तहमा समेत समायोजनका लागी केन्द्रिय प्रतिनिधी खटाएको भए पनि जसपाले अहिले सम्म उक्त समायोजनहरु गर्न सकेका छैन । केहि पहाड र हिमालका जिल्लामा समायोजन काम भए पनि तराई मधेशको कुनै पनि जिल्ला तहमा समायोजन काम नसकिएको जसपाले जनाएको छ । वरु पछिल्लो समयमा मोरड, सुनसरी, सिरहा लगायतका केहि जिल्लामा पुर्व राजपा र पुुर्वसमाजवादी पक्षले समानान्तर समितिहरु गठन गरेका छन ।
यसरी समायोजनमा समस्या देखिए पछि जसपाका शिर्ष पाच नेताहरु आफै पछिल्लो समयमा लागातार बैठकहरु गरेर समायोजन कसरी गर्नेमागृहकार्य गरिरहेका थिए । गत सोमवार देखि लागातार बैठक गरिरहेका जसपाका पाचं शिर्ष नेताहरुले समायोजन सम्बन्धी कामहरु अगाडी बढाएर मात्रै केन्द्रिय कार्यकारणी समितिको बैठक गर्ने गर्ने निष्कर्ष निकालेका छन ।