चट्याङबाट ज्यान गुमाएका प्रति परिवारलाई १ लाख – Madhesh Update

चट्याङबाट ज्यान गुमाएका प्रति परिवारलाई १ लाख

   June 26, 2020  

प्रदेश २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई १/१ लाख दिने घोषणा गरेका छन् ।

प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई प्रदेश २ सरकारले १र१ लाख दिने घोषणा गरेको जानकारी दिए ।

प्रदेश सरकारले मृतक परिवारलाई जनही १र१ लाख राहतस्वरुप दिने निर्णय गरेको जानकारी दिँदै उनले चट्याङ लागेर मृत्यु भएका महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको परिवारसँग घरमै गएर भेट गरी मृतकलाई श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् ।

वर्षासँगै परेको चट्याङ लागेर बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका(९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको मृत्यु भएको थियो ।