महोतरीको सहोडवामा वेपता पारिएको दम्पति घटनाको विरोध गर्दै काठमाडौमा धर्ना – Madhesh Update

महोतरीको सहोडवामा वेपता पारिएको दम्पति घटनाको विरोध गर्दै काठमाडौमा धर्ना

   March 16, 2021  

महोतरीको सहोडवामा एक दम्पतिलाई घरवाटै वेपता पारेको २० दिन भन्द्या वढी भइसक्दा पनि प्रहरीले घटनाको तथ्य वाहिर ल्याउन नसकेको भन्दै मैथली ब्राह्मण सभा, महासंघको अगुवामा मंगलवार काठमाडौको माइतीघरमा प्रर्दशन गरिएको छ । महासंघको यो अभियानमा विभिन्न्न ५१ ओटा सघसंस्थाहरुले साथ दिएका छन । उनीहरु मगलवार नै गृहसचिवलाई समेत भेटेर काठमाडौवाट विशेष सिआइबी टोली खटाएर घटनाको सत्यतथ्य पता लगाइ दिन माग गरेका छन ।

गृहसचिवलाई भेटनुअघि महासंघ सहित सबै संघसंस्थाहरुका प्रतिनिधीहरु काठमाडौमा पत्रकार सम्मेलन गरेर घटनाको वारेमा प्रेसलाई ब्रिफिंग गरेका थिए । उनीहरुले घटनाको तस्न हप्ता विति सक्दा पनि जिल्ला प्रहरी कार्यलयले घटनाको वारेमा कुनै पनि तथ्इ वाहिरि नल्याएको भन्दै केन्द्रवाट विशिेष अनुसन्धान टोली खटाएर वेपता पारिएका दम्पतिवारेमा छानविन गर्न माग गरेका थिए ।

गत १० फागुनको राती महोतरीको पिपरा वडा नम्बर ५ सहोडवाका मुसाफिर झा र गिता देवी झालाई अज्ञात समुहले सुतिरहेको ओछयान सहित वेपता पारेका थिए ।

घटना पछि जिल्ला प्रहरीले चार जनलाई पक्राउ गरे पनि अहिले सम्म घटनाको ठोस तथ्य सार्वज्निक गर्न सकेको छैन ।

प्रहरीको अनुसन्धान फितलो देखिए पछि मैथली महासंघको अगुवाई विभिन्न संघसंस्थाहरुले जलेरवर, जनकपुर लगायतका सहरहरुमा धर्ना र विरोध कार्यक्रमहरु पछिल्लो  समय गर्न थालेका छन ।