पुर्व तमलोपा समुुहको विरगंजमा छुटै बैठक – Madhesh Update

पुर्व तमलोपा समुुहको विरगंजमा छुटै बैठक

   March 14, 2021  

महन्थ ठाकुर नेतृत्वको तात्कालिन तराई मधेश लोकतान्त्रि पार्टीमा आबद्ध एक दर्जन जती केन्द्रिय नेताहरु आइतवार विरगंजमा छुटै बैठक गरेका छन । महन्थ ठाकुर नेतृत्वको तात्कालिन तमलोपा अन्य मधेशी पार्टीहरु एकिकरण गर्दै राजपा हुदै जसपा सम्म बनिसकेका छ । जसको नेतृत्वमा स्व्यंम ठाकुर नै छन । तर आइतवार विरगंजमा बैठक आयोजना गरेर एक दर्जन जती नेताहरु मधेशमा मधेशी पार्टीको अवस्था कमजोर हुुदै गएको र स्वयंम जसपा पनि ठिक ढंगले नचलेको भन्दै ठाकुर सहितको नेतृत्वमा रहेका जसपा नेताहरुको आलोचना गरेका छन ।

विरगंजमा भएको आइतवार पुर्वतमलोपा समुहको बैठकमा तँत्कालिन तमलोपाका उपाध्यक्ष र हालै राष्टियसभा वाट निवर्तमान भएका नेता वृषेशचन्द्र लाल, संविधासभामा सभासद रहिसकेका पुर्वसभासद डा विजय सिंह, नेताहरु रमेश पटेल सहितका नेताहरु सभागी भएका थिए ।

नेताहरुका अनुसार पुर्व तमलोपाका नेताहरुले पार्टी एकिकरण भए संगै आफुहरुलाई कुनै भुमिका नदिएको, र नेतृत्वहरु मधेश प्रति जिम्मेवार नदेखिएको बैठकले निष्कर्ष निकालेका थिए । बैठकमा सहभागी नेताहरु जसपा अध्यक्ष ठाकुर संग नजिक भएर तात्कालिन तमलोपामा काम गरेकाहरु छन ।