जसपा कसैको पुच्छर हैन- बाबुराम – Madhesh Update

जसपा कसैको पुच्छर हैन- बाबुराम

   March 14, 2021  

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आफ्नो पार्टी कसैको पुच्छर नभएको टिप्पणी गरेका छन् ।

उनले आफ्नो पार्टी देशको नेतृत्व आफैं गर्ने शक्ति भएको बताउँदै उनले यस्तो बताएका हुन् ।

शनिवार राति ट्वीट गर्दै डा। भट्टराईले जसपा तासको जोकर वा सत्तारूपी जुवाको खालको च्याँखेदाउ थाप्ने खेलाडी नभएको समेत बताएका छन् ।

उनले भनेका छन्,बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो ।

उनले गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र विरूद्ध कसैसँग सम्झौता नगर्ने पार्टी जसपा नै भएको दावी गरेका छन् ।