जनकपुर उपमहानगरको नगरसभा सम्पन्न । एक अर्व ६५ करोडको बजेट – Madhesh Update

जनकपुर उपमहानगरको नगरसभा सम्पन्न । एक अर्व ६५ करोडको बजेट

   June 26, 2020  

प्रदेश दुईको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको पाँचौ नगरसभा बुधबार मध्यराति सम्पन्न भएको छ । केहि दिन यताको तनावको माझ जनकपुरधाम उपमहानगरपालिकाले आफनो नगरसभा सम्पन्न गर्दै अगामी बर्षको बजेर र कार्यक्रमहरु तय गरेका छन ।

नगरसभा सम्पन्न भएसँगै पछिल्लो अनिर्णयको बन्दी हटेको छ । यद्यपी नगर प्रमुख लालकिशोर साह विरुद्ध वडा अध्यक्षहरु आन्दोलनमा उत्रिएका छन । मेयर साहले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै आउँदो आर्थिक वर्षमा विकास निर्माण कार्यले थप गति लिने विश्वास व्यक्त गरे । असन्तुष्टि र मनमुटावलाई निरुत्साहित गर्दै अघि बढ्ने उनले थपे । नगरबासीले दिएको अभिभारा पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता दोहोर्याउदै मेयर साहले उपमहानगरपालिका भित्र रहेको २५ वटै वडाको विकास आप्mनो जिम्मेवारी रहेको बताए ।

आर्थिक वर्ष २०७७/०७८ को लागि एक अर्व ६५ करोड २५ लाख ७१ हजार ९ सय २५ रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरिएको थियो ।

जसमा चालुतर्प एक अर्व आठ करोड ११ लाख ८६ हजार पाँच सय पचास र पुजिगततर्पm ५७ करोड १३ लाख ८५ हजार तीन सय ७५ रुपैयाँ विनियोजन गरेको छ । बजेटमा स्वास्थ्य र पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिएको छ ।

बजेट व्यवस्थापनका श्रोतहरुमा आन्तरिक श्रोतबाट २० करोड ४४ लाख, केन्द्रिय सशर्त अनुदानबाट ५२ करोड ८५ लाख,वित्तिय समानिकरणतर्प ३३ करोड ४४ लाख तथा प्रदेश अनुदानतर्प पाँच करोड २९ लाख ५९ हजार ६ सय ९० रहेको छ ।