जसपा र माओवादी केन्द्रको विचमा छलफल – Madhesh Update

जसपा र माओवादी केन्द्रको विचमा छलफल

   March 13, 2021  

जनता समाजवादी पार्टी र माओवादी केन्द्रको विचमा शनिवार छलफल भएको छ । माओवादी केन्द्रको पार्टी कार्यलय पेरिसडाडामा भएको छलफलमा जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव सहित वरिष्ठ नेताहरु अशोक राई, बाबुराम भटराई र राजेन्द्र महतो सहभागी थिए । यसैगरि छलफलमा माओवादी केन्द्रको तर्फवाट अध्यक्ष प्रचण्ड सहित नारायणकाजी श्रेष्ट, जर्नाधन शर्मा, पम्फा भुसाल सहितका नेताहरु सहभागी थिए ।

छलफल पछि दुवै तर्फका नेताहरुले आ आफनो एजेन्डा राखेको तर ठोस कुनै सहमती नभएको बताएका छन । जसपाका अध्यक्ष ठाकुरले आफुहरुले उठाउदै आएको मागहरुको वारेमा माओवादी केन्द्रलाई जानकारी गराएको बताए ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफुहरुले वर्तमान सरकारको विरुद्धमा काग्रेस र जसपासंग् सयुुक्त रुपमा सहकार्य गर्न चाहेको र त्यसवारेमा कुराकानी गरेको बताए । श्रेष्ठले जसपाले अघि सारेको मागहरुकाृ वारेमा पनि कुराकानी भए र थप छलफल पुन गर्ने बताए ।