सर्लाहीको मलंगवामा भारतीय सहयोगद्धारा कल्भर्ट र ढल निकास निर्माण
सर्लाहीको मंलगवामा भारत सरकार सरकारको सहयोगमा कल्र्भट र ढल निकास निर्माण कार्य सम्पन्न भएको छ । भारत सरकारले झण्डै साढे चार करोडको आर्थिक सहयोगमा उक्त निर्माण कार्य सम्पन्न गरिएको छ । निर्माण सम्पन्न भए पछि
उक्त कल्र्भट र ढल निकासीको उद्घाटन विरगंज स्थित भारतीय महावाणिज्यदुत नितेश कुमार र मलंगवाका प्रमुख प्रशासकिय अधिकृत होमनाथ सुवेदी ले गरेका संयुक्त रुपमा गरेका छन ।
नेपाल भारत विकास सहकार्य कार्याक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा उक्त कल्भर्ट र ढल निकासी निर्माण दुई प्याकेजहरू मार्फत गरिएको विरगंज स्थ्ति भारतीए महावाणिज्यदुतावासले जनाएको छ ।
पहिलो प्याकेजमा खानेपानी चोक देखी नगरपालिका चोक ८०० मि सम्म र अर्को प्याकेजमा शिव सागर चोक सडक देखी विश्वकर्मा चोक सडकको ५०० मि सम्मको कार्य सम्पन्न गरिएको थियो ।
सम्पन्न परियोजना भारत सरकार र नेपाल सरकार बिचको समझौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिईएको महावाणिज्यदुतावासले विज्ञप्ती मार्फत जानकारी दिएका छन ।
उक्त कल्भर्ट र ढल निकास निमार्णका लागि भारतिय दुतावास, काठमाँडौ र संघिय मामिला तथा सामान्य प्रशासन मंत्रालय अन्तर्गत नगरपालिका कार्यकारीको कार्यालय, मलंगवा नगरपालिका बिच सम्झौता भएको थियो। यो नवनिर्मित नालाले मलंगवा नगरपालिकाको ढल निकासी र सरसफाई प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ।
परियोजनाले मलंगवा नगरपालिकामा रहेको ५०० घरपरिवारलाइ प्रत्यक्ष वा अप्रत्यक्षरूपले लाभ पु¥याउने छ ।