जसपा र एमाले विचको संवाद अगाडी वढदै – कार्यदलले मुद्धा फिर्ताका लागी कागजात खोज्ने काम सुरु गरे – Madhesh Update

जसपा र एमाले विचको संवाद अगाडी वढदै – कार्यदलले मुद्धा फिर्ताका लागी कागजात खोज्ने काम सुरु गरे

   March 12, 2021  

नयां सतासमिकरणका लागी कार्यदल नै बनाएर छलफल अघि बढाएका जसपा नेपाल र प्रधानमन्त्री केपी ओलीको संयूक्त कार्यदल एक कदम अगाडी वढेको छ । शुक्रवार वालुवाटारमा कार्यदल स्तरमा भएको बैठकले जसपाले मुद्धा फिर्ता सम्बन्धी उठाएको मागमा सम्बन्धीत कागजातहरु खोजेर पुन बस्ने सहमति भएको छ । जसपाले रेशम चौधरीको रिहाई देखि मधेश तथा थरुहट आन्दोलनताका मुद्धाहरु लागेकाहरुको मुद्धा फिर्ता अन्य जेलमा रहेकाहरुको रिहाईको माग प्राथमिकताका साथ अघि सारेका थिए ।

जसपाको तर्फवाट कार्यदलमा रहेका नेता लक्ष्मणलाल कर्णले सरकारी पक्षले मुद्धा फिर्ताका लागी सम्बन्धीत कागजातहरु जुटाउन सहयोग गर्न आज भनेको बताए । हामी दुवै तर्फका नेताहरु त्यसमा लागेका छौ । आइतवार त्यस सम्बन्धमा कागजातहरु खोजविन हुने उनले बताए ।

यस अघि पनि तात्कलिन मधेशी मोर्चाको तर्फवाट कर्ण कै नेतृत्वमा मधेश आन्द्योलनता लगाइएका मुद्धाहरुको विस्तृत विवरणहरु सकंलन गरिएर तात्कालिन महान्याधिवक्तालाई बुुझाइएको थियो । ०७३ सालमा तात्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्द्या मधेशी पार्टीहरुले मुद्धा फिर्ताका लागी कागजातहरु संकलन गरेर महान्याधिक्तालाई बुुझाइएको थियो ।

कर्णले त्यही कागजातहरु पुन खोजेर र एमाले पक्षक नेताहरु पनि सरकारसंग भएका कागजातहरु खाजेर कसरी कुन मुद्धाहरु फिर्ता गर्ने वारेमा अव गृहकार्य गर्ने जानकारी दिए ।

कर्णले रेशम चौधरीको रिहाई पनि मुद्धा फिर्ता मार्फत नै सम्भव भएकाले उनको वारेमा पनि कागजातहरु सकंलन गरेर ठोस निष्कर्ष निकालिने बताए ।

विहिवार जसपाका शिर्ष नेताहरु र प्रधानमन्त्री ओली विचमा भएको छलफलको क्रममा जसपाका नेताहरुले रेशमको रिहाई, मुद्धा फिर्ता र संविधान संशोधनको आफनो तीन ओटा एजेन्डा अघि सारेका थिए ।