हाम्रा लागी सबै ओली नै हुन – महन्थ ठाकुर
नयां सता समिकरणमा निर्णयक देखिएको जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरुको लागी सबै ओली नै रहेको बताएका छन । काग्रेससंगको छलफल पछि पत्रकारहरु संग कुरा गर्दै ठाकुरले आफुहरु सबै दलहरु संग् गरिरहेको संवादमा आफुहरुको मागमा मात्रै अहिले कुराकानी भइरहेको पनि बताए । काग्रेस संग पनि हामीले आफना मागहरुकै कुरा राखेका छौ, ठाकुरले भने, हाम्रा पार्टीका साथीहरु कहिले छुटछन, मुद्धा कहिले खारेज हुन्छ र संविधान संशोधन कहिले हुन्छ भने कुरा नै काग्रेससग पनि राखेका छौ ।
नयां सता समिकरणमा पाटी भित्रै पनि एकथरी नेताले प्रधानमन्त्री केपी ओलीसंग सहकार्य गर्नु हुन्न भनिरह्दा ठाकुरले आफुहरुका लागी सबै प्रमुख दलहरु ओली सरह रहेको ठोकुवा गरे । पत्रकारहरुले ठाकुरलाई कुन दलसंग सहकार्य हुन्छ भनेर प्रश्न गर्दा ठाकुरले आफुहरुको माग जसले सम्बोधन गर्छ, त्यसलाई सघाउने पनि बताए ।
ठाकुरले आफुहरुका लागी एमाले, काग्रेस र माओवादी केन्द्र सबै समान रहेको भन्दै आफुहरु वृहत छलफलको पक्षपाती भएकाले सबैसंग छलफल गरिरहेको पनि बताए । प्रधानमन्त्री र एमाले तथा काग्रेस संग छलफल भएको र अव माओवादी केन्द्रसंग छलफल गरिने ठाकुरले बताए ।