जसपा र काग्रेस नेताहरुबीच देउवा निवासमा छलफल – Madhesh Update

जसपा र काग्रेस नेताहरुबीच देउवा निवासमा छलफल

   March 12, 2021  

जनता समाजवादी पार्टीका शीर्ष र नेपाली काग्रेसका शिर्ष तहका नेताहरुको विचमा शुक्रवार छलफल भएको छ । दिउसो चार वजे देखि भएको दुुई पार्टीको विचको छलफलमा दसवै तिरका शिर्ष नेताहरु सहभागी भएका थिए । पछिल्लो समयमा नयां समिकरणको अभ्यास चलीरह्दा जसपा र काग्रेसले त्यस वारेमा छलफल गरेका हुन ।

विहिवार मात्रै जसपाको पदाधिकारी बैठकले सबै दलहरु संग् पछिल्लो परिस्थतीवारेमा छलफल गर्ने निर्णय गरेको थियो । त्यस बैठक लगत्तै विहिवार जसपाका शिर्ष नेताहरु प्रधानमन्त्री केपी ओली र उनका एमाले पार्टीका नेताहरु संग छलफल गरेका थिए ।

जसपाले सबै पार्टीहरु संग छलफल गर्ने पार्टी रणनिती अन्र्तगत नै शुक्रवार काग्रेससंग पनि छलफल भएको जनाएको छ । काग्रेसको छलफलमा जसपाको तर्फवाट अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई, बाबुराम भटराई र राजेन्द्र महतो सहभागी भएका थिए । काग्रेसका तर्फवाट सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, महामन्त्री सशांक कोईराला, सहमहामन्त्री प्रकाशशरण महत र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।

जसपासग छलफल गर्नु पुर्व कांग्रेसले आजै पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक गरेका थिए । बैठकमा प्रधानमन्त्री ओलीको विकल्पमा काग्रेसले नेतृत्व लिएर अगाडी बढनु पर्नेमा नेताहरुले जोड दिएका थिए । जसपा संगको छलफल काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले छलफल सुरु भएको र केहि दिन भित्रै परिस्थीती परिपक्व बन्ने बताएका छन ।