प्रधानमन्त्री र जसपा शिर्ष तहको नेताहरुको बैठक साकारात्मक
भोली फेरि कार्यदलको बैठक बस्ने
नयां समिकरणमा निर्णयक बन्न पुुगेको जनता समाजवादी पार्टी, नेपाल र प्रधानमन्त्री केपी ओली विचमा आज साझ भएको भेटवार्ता साकारात्मक भएको नेताहरुले बताएका छन । जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राई र राजेन्द्र महतो तथा उक्त पार्टीका कार्यदल सदस्य लक्ष्मणलाल कर्ण संग आज साझ प्रम निवास वालुवाटारमा वार्ता भएको छ । साढे दुुई घन्टा जती चलेको दुुई पक्षिय भेटवार्तामा प्रम ओली सहित त्यस पक्षवाट सुुभाष नेम्बाड, विष्णु पौडेल, राजन भटराई र इश्वर पोखरेल सहभागी थिए ।
गत आइतवार प्रम ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई वोलाएर सता समिकरणको अफर गरेका थिए । जसपा अध्यक्ष ठाकुर नेता सर्वेन्द्रनाथ सुक्ला सहित प्रम निवास गत आइतवार पुुगेका थिए । प्रमको अफर पछि नेता ठाकुरले आफुहरुको माग सम्बोधन गर्ने भए मात्रै सता समिकरण बारेमा सोच्न सक्ने वताए पछि प्रम ओलीले आफु तयार रहेको र त्यसको विूतृत खाका बनाउन आफनो पक्षवाट नेताहरु सुुभाष नेम्बाड, विष्णु पौडेल र राजन भटराईलाई जिम्मा दिए । त्यस पछि ठाकुरले आफनो तर्फवाट सुक्ल र अर्का जसपा नेता लक्ष्मणलाल कर्णलाई संवाद गर्ने जिम्मा दिए । त्यस पछि सोमवार, मंगलवार र वुधवार गरि तीन दिन सम्म लागातार उक्त कार्यदलका पाच नेताहरु छलफल गरे पछि विहिवार प्रम ओली र जसपाका शिर्ष तहमा भेटवार्ता भएको छ ।
भोली शुक्रवार दिउसो चार वजे पुन उक्त कार्यदल बस्ने तय भएको जसपा नेता तथा कार्यदल सदस्य कर्णले बताए । जसपाले मुख्यगरि आफना सासंद रेशम चौधरीको रिहाई, मधेश तथा थरुहट आन्द्योलनताका मुद्धाहरु फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधनको माग अघि सारेको छ ।
दुवै तर्फको पाच सदस्यीय अनौपचारिक कार्यदलले यही माग सम्बोधन हुने गरि गृहकार्य गरिरहेको बताइएको छ । जसपा नेता कार्यदल सदस्य शुक्ला विहिवार भैरहवा गएकाले प्रमसंगको संवादमा सहभागी नभएका हुन । प्रम ओलीले दुवै तर्फको कार्यदल सहित शिर्ष तहमा छलफल गर्ने गरि विहिवार साझ बैठक डाकेका थिए । बैठकमा जसपाका नेताहरु आफुहरुको माग सम्बाधन भए सम्म आफुहरु सता समिकरणमा सहभागी नहने बताएका थिए । प्रम ओलीले आफुु जसपाले उठाएको मागहरु सम्बोधन गर्न तयार रहेको बताएका थिए ।