सबै दलहरुसंग संवाद गर्ने जसपा नेपाल शिर्ष नेताको निष्कर्ष – Madhesh Update

सबै दलहरुसंग संवाद गर्ने जसपा नेपाल शिर्ष नेताको निष्कर्ष

   March 11, 2021  

सत्ता समिकरणमा निर्याणक बने पछि जसपा नेपालले सबै दलहरुसंग् संवाद गर्ने निष्कर्ष निकालेका छन । बिहीबार बसेको जसपा शिर्ष पाच नेताको बैठकले राजनीतिक दलहरुसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको जसपाले जनाएको छ ।

सो पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईका अनुसार जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको जानकारी दिए ।

ओली सरकारको विकल्प खोज्नु परेको अवस्थामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबीच सहकार्य भएमात्र नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

तर, जसपा नेपालले ओली पक्ष र ओली इतर पक्षमध्ये कुन समीकरणमा आफूलाई सामेल गर्ने भन्नेबारे निर्णय गर्न सकेको छैन । जसपालाइ प्रम ओली र माओवादी केन्द्र दुवैले सतासमिकरणमा सहयोगमा गर्ने गरिको अफर गरेको छ ।

बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकासका लागि सबै राजनीतिक दलसँग संवाद गर्ने निर्णय गर्नासाथ जसपा नेपालले छलफलका लागि पहिलो रोजाइमै ओलीलाई राखेको छ ।

सोहीअनुसार जसपा नेपालका नेताहरु बिहीबार साझ प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार जाने कार्यक्रम बनेको थियो ।

जसपाको पदाधिकारी बैठकले पार्टी समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न चैत ५ गते कार्यकारिणी समितिको बैठक राख्ने निर्णयसमेत गरेको छ । जसपाको संसदीय दलको बैठक पनि शुक्रवार १ वजे बस्ने तय भएको छ ।