उधारो सम्झौता गरेर सरकारमा जाने कुरा हुदैन -राजेन्द्र महतो

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफुहरुले उठाउदै आएको माग पुरा नभए सम्म सरकारमा नजाने बताएका छन । वुधवार प्रतिनिधीसभा बैठक पछि महतोले आफुहरुले केपी ओली, प्रचण्ड र शेरबहादुर देउवालाई पटक पटक विश्वास गरेको भन्दै विगतको अनुुभवको आधारमा अव उधारो सम्भौता नहुने बताए ।
केपी ओली होस वा प्रचण्ड, महतोले भने, हामी आफनो मुद्धा सम्बोधनको आधारमा अगामी सहयात्राको वाटो तय गर्छौ । तीन बर्ष अघि प्रधानमन्त्रीको रुपमा ओली निर्वाचित हुुदा आफुहरु निशर्त समर्थन गरेको भन्दै महतोले अव निशर्त वा उधारो सम्झौता नहुने पनि दावी गरे । उनले सार्वजनिक रुपमा साकारात्मक भएको सन्देश दिएकै आधारमा अव कुनै पनि गठबन्धनमा नजाने पनि उनले बताए ।
पत्रकारहरुले जसपा र एमाले विचमा सहमती हुन लागेको भनेर सोधेको प्रश्नको जवाफमा महतोले आफुहरु संग कुरा गर्न खाज्ने सबैसंग आफुहरु कुरा गर्न तयार रहेको र त्यही क्रममा कुराहरु भएको र कुनै सहमती नभएको पनि दावी गरे ।