जसपाका शिर्ष नेताहरु आन्तरिक छलफलमा – Madhesh Update

जसपाका शिर्ष नेताहरु आन्तरिक छलफलमा

   March 10, 2021  

पार्टी एकिकरणको दश महिना पछि मंगलवार बसेको जसपा संसदीय दलको बैठक पश्चात शिर्ष नेताहरु आन्त्रिक परामर्श तीव्र पारेका छन । संसदीय दलको विधान पारित, दलको नेता चयन सहित सता समिकरणका लागी भइरहेको संवादहरु वारेमा छलफल गर्न जसपाका शिर्ष नेताहरु केहि दिन यता आन्तरिक बैठकहरु बाक्लो गरि गर्न थालेका छन ।

वुधवार जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव एक्ला एक्लै लामो कुराकानी गरेका छन । विहिवार जसपाका पाच शिर्ष नेताहरु बैठक नै गरेर दलको विधान, पार्टी समायोजनमा भइरहेका कामहरुको समिकक्षा सहित सता समिकरणमा भइरहेको सबै तिरको संवाद वारेमा समिकक्ष बैठक गर्न लागेका छन ।

बैठक ११ वजे पार्टी कार्यलय वालकुमारी हुन लागेका छन । त्यस पछि विहिवार नै दिउसो जसपाले संसदीय दलको बैठक गर्ने तयारी पनि गरेका छन । नेताहरुका अनुसार केहि समय यता सुस्त देखिएको जसपाको बैठकहरु पनि सुचारु भएको छ ।