तानातानमा जसपा – Madhesh Update

तानातानमा जसपा

   March 10, 2021  

सर्वोच्चको निर्णय पछि सुरु भएको नयां सत्ता समिकरणको प्रयासमा जनता समाजवादी पार्टी तानातानमा परेको छ । यद्यपी जसपा नेपालले सबै संग संवादका लागी आफुहरु खुल्ला रहेको र आफुहरुको माग जसले सम्बोधन गर्छ, त्यसलाई साथ दिने रणनिती अख्तीयार गरेको छ । प्रधानमन्त्री केपी ओली पक्ष र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवैले जसपासंग लागातार सम्पर्क गर्न थाले पछि जसपा पनि अगामी रणनिती वारेमा आन्तरिक गृहकार्य गरिरहेको छ ।

मंगलवार मात्र संसदीय दलको बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीले गरेको सतासमिकरणको अफर वारेमा जानकारी गराएका थिए । जसपा स्रोतका अनुसार वुधवार विहान पुन जसपाका नेताद्धय लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ सुक्ला वालुवाटारमा प्रम ओली सहित एमाले नेताहरु सुुभास नेम्बाड, विष्णु पौडेल, राजन भटराईसंग दुुई घन्टा लामो छलफल गरेका थिए । वुधवार दिउसो नै जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाडामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डंसंग भेटेका छन ।

वुधवार विहान वालुवाटारमा भएको दुुई पक्षिय छलफलमा जसपाले उठाउदै आएको रेशम चौधरीको रिहाई, मधेश थरुहट आन्दोलनताका मुद्धाहरु फिर्ता र सविधान संशोधनको वारेमा कुराकानी भएको थियो । यद्यपी कुनै ठास निष्कर्ष अहिले सम्म निस्कीसकेको छैन । जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओली र उनको पक्षले तीन महिनाको समयसिमा वाधेर सबै माग पुरा गर्ने गरि सम्झौताको प्रस्ताव राखेका थिए । तर जसपा नेताहरुले त्यसमा तयार नभए पछि पुुन संवाद बस्ने गरि वुधवार दवै पक्षका नेताहरु उठेका थिए । जसपाले रेशम चौधरीको रिहाई र मुद्धा फिर्ता तत्काल सरकारले गरेर संविधान संशोधनको खाका पनि संगै संसदमा लैजाने गरि मात्रै सहमती बन्न सक्ने अडानमा देखिएका छन ।

यदपी प्रम पक्षले रेशमको मुद्धममा सर्वोच्चमा रहेकाले त्यसवाटै मिलाएर उनलाई रिहा गर्ने गरि कुराहरु राखीरहेको वुझिइएको छ । जसपाले भने रेशम जेलमा रह्न्जेल आफुहरु सरकारमा कुनै पनि हालतमा नजाने प्रष्टाएका छन ।

यसैगरि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो माओवादी केन्द्रका अध्यक्षसंग पनि त्यही कुरा राखेको जसपाले जनाएको छ । प्रचण्डले ठाकुर र महतोलाईलाई सघाउन प्रस्ताव गरेको र प्रम ओलीसंग भइरहेको संवादको वारेमा चासो राखेको नेताहरुले जनाएको छ । जसपाका नेताद्धय ठाकुर र महतोले आफुहरुको माग जसले सम्बोधन गर्छन, त्यसलाई नै आफुहरुले साथ दिने प्रष्टाएका थिए ।

जसपासंग सता समिकरणको लागी दवै पक्षले लागातार सम्वर्क र संवादमा रहेकाले जसपाका शिर्ष नेताहरु भोली विहिवार त्यसवारेमा छलफल गर्दै छ । वुधवार जसपाका अध्यक्ष उपेन्द्र यादव अर्का अध्यक्ष ठाकुरसंग भेटेर आन्तरिक कुराहरु वारेमा छलफल गरेका थिए । विहिवार जसपाका अध्यक्षद्धय सहित तीन वरिष्ठ नेताहरुको विचमा छलफल हुने कार्यक्रम तय भएको छ । र सम्भवतह भोली नै फेरि जसपाको संसदीय दलको बैठक पनि पुन बस्ने नेताहरुले बताएका छन ।