जसपा संसदीय दलको विधान सासंदहरुलाई वितरण – Madhesh Update

जसपा संसदीय दलको विधान सासंदहरुलाई वितरण

   March 9, 2021  

जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको विधान तयार भएको छ । पार्टी एकिकरण पछि दुुई दलको संसदीय दल समायोजन गर्ने गरि तयार पारिएको दलको विधान मंगलवार संसदहरुलाई वितरण गरिएको छ । जसपाको संघिय संसदमा ३४ सासंद छन । जस मध्ये दुुई सासंद निलम्बनमा परेको छ ।

जसपाले अव नयां दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक सहितका दलका पदाधिकारीहरु चयन गर्नै छ । अव बस्ने अर्को दलको बैठकवाट विधान पारित भए संगै जसपाको दलको नयां नेता चयन गर्ने बाटो खुल्ला हुने छ ।

पार्टी एकिकरण भएको दश महिना वितिसक्दा पनि पुर्वराजपा र पुर्जसमाजवादीको दलको नेता र पदाधिकारीहरु संसद सचिवालयको सुविधा लिईरहेका छन । दुवै दलको सिंहदरवारमा छुटाछुटै कार्यलय समेत कायमै राखिएको छ ।

अव दलको विधान पारित भए पनि दलको नयां नेता चयन संगै जसपाको एउटै कार्यलय र एक थरी पदाधिकारी चयन हुने छ ।