संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा कांग्रेस र माओवादी संगै जसपाको पनि विरोध दर्ता – Madhesh Update

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा कांग्रेस र माओवादी संगै जसपाको पनि विरोध दर्ता

   March 9, 2021  

प्रतिनिधिसभामा टेबुल भएको (संवैधानिक परिषद्, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशु विरुद्ध प्रमुख प्रतिपक्ष कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विरोध गर्ने भएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछिको पहिलो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले होहल्लाकाबीच उक्त अध्यादेश टेबुल गरेका थिए । उक्त अध्यादेशविरूद्ध एमाले बाहेकका दलहरूले विरोधको सूचना संसद् सचिवालयमा दर्ता गराएका हुन् ।

कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम, माओवादीका सांसदहरू सन्त थारू, दुर्गाकुमारी विक, यशोदा सुवेदी र टेकबहादुर बस्नेतले विरोधको सूचना संसद् सचिवालयमा दर्ता गराएका हुन् ।

त्यस्तै, जसपाका तर्फबाट संसदीय सुनुवाइ समितिका सभापतिसमेत रहेका लक्ष्णलाल कर्ण र मोहम्मद इस्तियाक राईले विरोधको सूचना दर्ता गराएका हुन् ।

अध्यादेशमा गरिएका प्रावधान संविधानसँग बाझिएको हुनाले स्वतस् खारेज हुनुपर्ने सांसदहरूको माग छ ।