जसपा संसदीय दलको बैठक सुुरु – Madhesh Update

जसपा संसदीय दलको बैठक सुुरु

   March 9, 2021  

जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक सिंहदरवारमा सुरु भएको छ । राजपा र समाजवादी पार्टी विचमा एकिकरणको दश महिना पछि जसपाको पहलो संसदीय दलको बैठक बसेको हो ।

संसदीयको दलको पहिलो बैठकमा दलको विधान, दलको समायोजन र पछिल्लो राजनितीक अवस्था वारेमा छलफल हुने जसपाले जनाएको छ ।

जसपाले एकिकरण पछि दलका विधान समेत पारित गराएको थिएन ।

पछिल्ले समयमा वदलीएको राजनितीक परिस्थतीमा जसपाको भुमिका महत्वपुर्ण देखिएकाले उनले लिने निर्णय माथी सबैको चासो वढेर गएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरलाई गत आइतवार मात्रै प्रधानमन्त्री केपी ओलीले वोलाएर सरकारमा आउन आग्रह गरेका थिए । त्यस अघि प्रचण्ड र माधव नेपालले पनि जसपालाई नयां सता समिकरण बनाउन आग्रह गरेका थिए ।