सरकारमा सामेल हुन जसपालाई प्रम ओलीको अफर

पार्टीको आन्तरिक विवादमा नराम्ररी संग मुछिएका प्रधानमन्त्री केपी ओलीले आफनो बहुमत सिद्ध गर्न जसपा नेपाललाई सरकारमा आउन अफर गरेको खुलेको छ । प्रधामन्त्री ओलीले आइतवार विहान जसपा नेपालका अध्यक्ष महन्थ् ठाकुरलाई वालुवाटार वोलाएर सरकारमा सहभागीताको अफर गरेको जसपाले पुष्टि गरेको छ ।
यद्यपी जसपा अध्यक्ष ठाकुरले आफुहरुले उठाउदै आएको रेशम चौधरीको रिहाई, मधेश आन्दोलताका मुद्धाहरु फिर्ता र संविधान संशोधनमा सरकारले सहमती जनाए मात्रै सरकारमा सहभाीताको वारेमा सोच्न सक्ने जवाफ प्रम ओलीलाई दिएका थिए ।
आइतवार प्रधानमन्त्री ओल र जसपा अध्यक्ष ठाकुरको वचमा भेट भएको केहि घन्टा पछि सर्वोच्च अदालतले नेकपाको अधिकारितावारेमा फैसला सुनाएका थिए । सर्वोच्चले पुर्व एमाले र पुर्व मओवादी केन्द्रलाई ब्युताइ दिए पछि प्रम ओली अल्पमतमा परेका छन । माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ ।
यस्तो अवस्थामा प्रम ओलीलाई संसदमा बहुमत देखाउन पर्ने हुन्छ । प्रम ओली त्यसका लागी जसपालाई सता समिकरण नयां ढंगले बनाउन अफर गरे पछि जसपा शिर्ष तहमा त्यस वारेमा छलफल सुरु भएको छ ।
मंगलवार दिउसो जसपाको संसदीय दलको बैठक बस्दै छ । राजपा र समाजवादी पार्टी एकिकरण भएपछि जसपाको पहिलो पटक मगलवार संसदीय दलको बैठक सिंहदरवारमा बस्दै छ ।