जसपाले संसदीय दलको बैठक आब्हान गरे पछि उपेन्द्र यादवले गरे पुर्वसमाजवादी ससदीय दलको बैठक – Madhesh Update

जसपाले संसदीय दलको बैठक आब्हान गरे पछि उपेन्द्र यादवले गरे पुर्वसमाजवादी ससदीय दलको बैठक

   March 8, 2021  

जनता समाजवादी पार्टी, नेपालले सोमवार अपरान्ह् मंगलवार १ वजेका लागी पार्टीको संसदीय दलको बैठक बोलाए लगत्तै सोही पार्टीका एक जना अध्यक्ष उपेन्द्र यादव पुर्वसमाजवादी पार्टीको संसदीय दलको बैठक गरेका छन । सोमवार दिउसो यादव आफनो नेतृत्वको तात्कालिन समाजवादी पार्टीका संसदहरुलाई बोलाएर बैठक गरेका हुन । गत बैशाखमा यादव नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकुर, राजेन्द्र महतो सहितका नेताहरुको नेतृत्वमा रहेको राजपा नेपाल विचमा एकिकरण भएको थियो ।

एकिकरणको वेलामा पुर्व राजपा पक्षलाई ससदीय दलको नेतालाई ससदीइ दलको नेता बनाउने सहमती भएको थियो । तर पार्टी समायोजनको क्रममा उपेन्द्र यादव र राजपा पक्षको विचमा पछिल्लो समयमा टसल परिरहदा जसपाको संयुक्त संसदीय दलको बैठक अगाडी यादव आफनो पुर्वपार्टीका सासंदहरुको छुटै बैठक गरेका छन ।

यादवले आफनो नेतृत्वको पुर्वपार्टीको संसदीय दलको बैठक गरेको सुचना राजपा पक्षले पाए पछि महन्थ ठाकुर, राजेन्द्र महतोका सहित शिर्ष नेताहरु सोमवार दिउसो भोलीको संसदीय दलको बैठक वारेमा अनौपचारिक बैठक गरेका थिए ।
पार्टी एकिकरण पछि उपेन्द्र यादव पुर्वराजपाका केहि नेताहरु प्रयोग गरेर महन्थ ठाकुर र राजेन्द्र महतो विरुद्ध पार्टीमा विभिन्न कामहरु गराउन थाले पछि केहि समय अघि जसपामा समस्या उयत्पन्न भएको थियो ।

त्यस पछि पुन नेताहरु विभिन्न चरणको बैठक गरेर पार्टी समायोजनको काम अगाडी पढाउने निर्णय गरेका थिए । तर समायोजनका लागी बनेको निर्देशिका विपरित यादवकै निर्देशनमा उनी निकटहरु नेताहरुले मनोमानी गर्न गाले पछि जसपाको समायोजनमा पछिल्लो समयमा समस्याहरु देखा पर्न थालेका छन ।