महोत्तरीको सहोडवामा पन्ध्र दिनदेखि बेपत्ता दम्पती अझै भेटिएनन् – Madhesh Update

महोत्तरीको सहोडवामा पन्ध्र दिनदेखि बेपत्ता दम्पती अझै भेटिएनन्

   March 8, 2021  

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फागुन १० गते राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकोमा अहिलेसम्म उनीहरुको कुनै अत्तोपत्तो लागेको छैन ।

घरमा दुई बूढाबूढी मात्रै सुतिरहेको अवस्थामा उनलाई बेपत्ता पारिएको हो भने उनको घरको ओछयान र चौकसमा रगतका छिटा देखिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले यही फागुन ११ गते बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरिरहेको छ । घटनाको १५ दिन भइसक्दा पनि वृद्ध दम्पती नभेटेपछि घटना झन्झन् जटिल बन्दै गइरहेको बताइएको छ ।

प्रहरीले उनको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाका विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषाका समेत विभिन्न स्थानमा व्यापकरुपमा खोजतलास गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाएको छ ।

वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेका कारण उनीहरुको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाले आँकलन गरिरहेका छन् । प्रहरीले उनीहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म तीन दर्जन बढी व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीका बारेमा कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ ।

घटनाको पन्ध्र दिन विति सक्दा वेपता दम्पतिको कुुनै अवस्था सार्वजपनक नभए पछि मैथली ब्राह्म्णहरुको संगठनले प्रदेश सरकार देखि जिल्लन प्रशासन कार्यलय सम्म ज्ञनपन पत्र बुुझाउदै धर्ना समेत दिइरहेको छ । प्रहरीले केहि मानिसलाई प्रकाय गरेको जनाए पनि घटना वारेमा अहिले सम्म विस्तृत जानकारी समेत दिन चाहेका छैन ।