नेपाल पत्रकार महासंघ प्रदेश दुुईको साधारणसभा प्रति प्रेस-मन्चको आपत्ति – Madhesh Update

नेपाल पत्रकार महासंघ प्रदेश दुुईको साधारणसभा प्रति प्रेस-मन्चको आपत्ति

   February 14, 2021  

नेपाल पत्रकार महासंघ प्रदेश दुुईको शनिवार विरगंजमा भएको सधारणसभा प्रति प्रेस मन्च नेपालले आपत्ति जनाएको छ । मन्चका उपाध्यक्ष विन्दकिशोर साहले आइतवार विज्ञप्ती जारी गरेर महासंघको साधारण एक्लौटी रुपमा गरिएको भन्दै त्यो अस्विकार्य हुने बताएका छन । जसपा निकट मन्चले महासंघको सधारणसभामा प्रदेश दुुईको सक्रिय पत्रकारहरुको संगठनहरुलाई विना कुनै जानकारी दिई गराइएको सधारणसभाले भोलीको दिनमा महासंघलाई समस्या हुन सक्ने चेतावनी दिएको छ ।

मन्चले नेपाल पत्रकार महासंघ प्रदेश दुुईको कार्यसमितिको क्रियाकलाप प्रति पनि विगत देखि असन्तुष्टि व्यक्त गर्दै आएका छन । प्रदेश दुुईमा राम्रो प्रभाव रहेको मन्चले शनिवार भएको सधारणसभा प्रति असन्तुष्टि व्यक्त गर्दै  महासंघलाई त्यसवारेमा थप चुनौति दिने बताएका छन ।