प्रदेश २ सरकारको बस फागुनभित्रै संचालन हुने – Madhesh Update

प्रदेश २ सरकारको बस फागुनभित्रै संचालन हुने

   February 14, 2021  

प्रदेश २ सरकारले खरीद गरेको बस फागुन महिनाभित्रै संचालनमा आउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभरि सञ्चालनका लागि ५ वटा बस खरीद गरेको छ । ‘बस संचालनका निम्ति कार्यविधी अन्तिम चरणमा छ’ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शनिबार पत्रकार सम्मेलन गरी भने, “यही महिनाभित्रै बस संचालनमा आउँछ ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाबाट दुई वटा बस राजविराज र दुई वटा बस वीरगंजसम्म गुड्नेछ । यस्तै एउटा बस राजविराज र वीरगंज चलाउने योजना मन्त्रालयको छ ।

मन्त्री सोनलले सस्तो भाडादरमा जनताले यो बसमा यात्रा गर्न सक्ने बताए । उनले बसलाई अन्य यातायातभन्दा व्यवस्थित तरिकाले संचालन गरिने बताए ।