जसपा नेता महेन्द्र यादवको गतिविद्यी प्रति पार्टीका स्थानिय नेताहरुद्धारा विरोध – Madhesh Update

जसपा नेता महेन्द्र यादवको गतिविद्यी प्रति पार्टीका स्थानिय नेताहरुद्धारा विरोध

   February 11, 2021  

जनता समाजवादी पार्टी नेपालका एक जना शिर्ष नेता महेन्द्र यादवले पुर्व जिल्लाहरुको भ्रमणको क्रममा दिएको अभिव्यक्तिहरु प्रति जसपाका प्रदेश स्तरीय युवा नेताहरुले विरोध जनाएका छन । जनता समाजवादी युवा संघ प्रदेश एकका वरिष्ठ उपाध्यक्ष, महासचिव सहित ९ जना पदाधिकारीहरुले विज्ञप्ती जारी गरेर नेता यादवको विरोध गरेका छन । प्रदेश एकका जसपाका युवा नेताहरुले केन्द्रिय कार्यकारणी समिति सदस्य समेत रहेका यादवलाई कारवाही गर्न गर्न पनि केन्द्रिय नेतृत्वसंग माग गरेको छ ।

अघिल्लो हप्ता मात्रै नेता यादवले पुर्वी जिल्ला भ्रमणको क्रममा जसपा एीककरणमा सहभागी तात्कालिन समाजवादी र राजपा नेपाल वारेमा गरेको टिप्पणी प्रति उक्त क्षेत्रमा असन्तुष्टि चुलिइएको छ ।

गत बैशाखमा तात्कालिन समाजवादी पार्टी र राजपा विचमा एकिकरण भए पछि नेता उपेन्द्र यादवको उक्साहटमा महेन्द्र यादवले राजपा विरुद्ध विभिन्न अभिव्यक्तिहरु दिएका थिए । पछि त्यसको केन्द्रिय कार्यकारणी समितिमा विरोध भए पछि यादव शान्त् भएको थियो । गत हप्ता पुर्वी मधेश पुगेका नेता महेन्द्र यादव पुन एकिकृत पार्टी भइसकेको अवस्थामा पार्टीका पुर्व घटकहरु र नेताहरुको अनावश्यक टिप्पणीहरु गरेको स्थानिय युवा नेताहरुले आरोप लगाएका थिए । उनको पुर्व यात्राको क्रममा आयोजना गरिएको कार्यक्रमहरु नै स्थानिय नेताहरुले त्यस पछि बष्किार गरेका थिए ।