प्रतिनिधीसभा विघटनमा सर्वोच्चको निर्णय मान्य हुन्छ- जसपा नेता झा – Madhesh Update

प्रतिनिधीसभा विघटनमा सर्वोच्चको निर्णय मान्य हुन्छ- जसपा नेता झा

   February 9, 2021  

जनता समाजबादी पार्टी का नेता अनिल कुमार झा ले विघटीत प्रतिनिधि सभा बारे मुद्दा सर्बोच्च अदालत मा बहस भैरहेकोले अदालत को निर्णय जसपा ले स्वीकार गर्ने बताएको छ ।

जसपा पर्सा द्वारा आज बिरगंज आयोजित कार्यकर्ता भेटघाट लाई सम्बोधन गर्दै नेता झा ले प्रतिनिधि सभा विघटन असंबैधानिक भएकोले जसपा आन्दोलन मा रहेको तर पार्टी निर्वाचन बाट नडराएको बताउदै सर्बोच्च अदालत को निर्णय जसपा स्वीकार गरि अगाडि बढने बताए ।

कार्यकर्ता को बिचार सुन्दै नेता झाले पार्टी एकीकरण भए पनि नेता र कार्यकर्ता को मन नमिलेको बताउदै उदेश्य पुर्ती का लागि जसपा का सम्पुर्ण नेता कार्यकर्ता समायोजन मा इमानदार हुनु पर्ने उनले बताए । जुनसुकै संगठनमा हामी जस्तै कठीनाइ आउने स्वभाविक भएको बताउदै समयक्रममा सबै बिशय मिल्दै पनि झाले बताए ।

जसपा पर्सा का अध्यक्ष जगदिश पटेल को अध्यक्षता मा आयोजित भेटघाट कार्यक्रममा जसपा का केन्द्रिय सदस्य हरु शिव पटेल, सुरेन्द्र कुर्मी,रामचन्द्र पन्डित,नेजामुदिन शमानी,पपु पटेल,सन्जय पान्डेय,मुन्नी श्रीवास्तव, उषा श्रीवास्तव,रम्भा मिश्र, जिल्ला का बरिस्ठ नेता कृष्ण पटेल, जिल्ला सचिव श्रीराम जि गिरि, नगर अध्यक्ष द्वय ओमप्रकाश सराफ, कृष्ण यादव लगायात का नेता कार्यकर्ता हरु को उपस्तिथि रहेका थिए ।