पहिलो चरणमा ७४ प्रतिशतले लगाए प्रदेश दुुईमा कोरोनाविरुद्धको खोप – Madhesh Update

पहिलो चरणमा ७४ प्रतिशतले लगाए प्रदेश दुुईमा कोरोनाविरुद्धको खोप

   February 9, 2021  

प्रदेश २ मा पहिलो चरणमा ७४ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

पहिलो चरणमा प्रदेश २ मा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र सरसफाइकर्मीलाई कोरोना भाइरसविरुद्धको खाप लगाइएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।

निर्देशक झाका अनुसार प्रदेश २ का आठवटै जिल्लामा प्रदेश सरकारले पहिलो चरणमा ३४ हजार ८०४ जनलाई खोप लगाउने लक्ष्य लिइएकोमा २५ हजार ६३६ जनाले खोप लगाएका हुन् ।

प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाका अनुसार दोस्रो चरणमा १ फागुनदेखि विभिन्न ११ वटा कार्यालयका कर्मचारी र सञ्चारकर्मीलाई खोप लगाउने तयारी भइरहेको छ ।