सबै जिल्ला सदरमुकाममा जसपाको विरोध प्रदर्शन – Madhesh Update

सबै जिल्ला सदरमुकाममा जसपाको विरोध प्रदर्शन

   February 5, 2021  

जनता समाजवादी पार्टी नेपालले सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएको जसपाले तेस्रो चरणको कार्यक्रममा जिल्ला सदरमुकाम, निर्वाचन क्षेत्र र स्थानीय तहमा केन्द्रित गरेर विरोध कार्यक्रम घोषणा गरेको हो । दुई चरणको विरोध कार्यक्रममा आमसभादेखि शक्ति प्रदर्शन गरेको जसपाले पछिल्लो समय निर्वाचन क्षेत्र केन्द्रित विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

जसपा केन्द्रीय पार्टी कार्यालयका अनुसार शुक्रबार सबै जिल्ला सदरमुकाममा जिल्ला कार्यसमितिले विरोध प्रदर्शन गरेका हुन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई संखुवासभा पुगेर आजको विरोध कार्यक्रममा सहभागी भएका थिए ।