समायोजन सकाउदै जसपा – Madhesh Update

समायोजन सकाउदै जसपा

   February 2, 2021  

पार्टी एकताको १० महिना पछि जनता समाजवादी पार्टी समायोजनको कामलाई समय तालिका बनाएर अघि वढाएको छ । हुनत गत साउनमा बसेको जसपाको पहिलो कार्यकारणी बैठकले नै पार्टी समायोजनको काम मंसीर भित्र टुग्याउने शिर्ष पाच नेतालाई जिम्मा दिएको थियो । तर उक्त बैठकको पनि ६ माहिना विते पनि जसपाको समायोजन काम सकिएको थिएन ।

समायोजनको काम नहुदा पछिल्लो समयमा जसपाका पुर्व घटकहरु राजपा नेपाल र समाजवादी पार्टीको ब्यानरमै कार्यक्रमहरु हुन थाले पछि जसपा ले समायोजनको काम तत्काल पुरा गर्ने गरि तल्लो तहलाई सोमवार परिपत्र गरेको छ । तात्कालिन राजपा र समाजवादी समुहको छुटाछुटै कार्यक्रमहरुमा उक्त खेमाका शिर्ष नेताहरु नै सहभागी हुदै आएको थियो । गत शनिवार मात्रै जनकपुरमा पुर्वराजपा पक्षले युवाहरुको सम्मेलन गरेका थिए । जसमा महन्थ ठाकुर, राजेन्द्र महतो देखि अन्य शिर्ष नेताहरु मन्चमा देखिएका थिए ।

केहि समय पहिला समाजवादी पार्टीको युवा संगठनको व्यानरमा कार्यक्रमहरु भएको थियो । जसको प्रमुख अतिथीमा उपेन्द्र यादव सहभागी भएका थिए । यसरी शिर्ष तहकै सहभागीतामा दुवै पक्षले छुटा छुटै कार्यक्रमहरु गर्न थाले पछि जसपाको वृतमा चिन्ताहरु व्यक्त गरिएको थियो ।

यसरी दुई पक्षको विचमा सार्वजनिक रुपमा टकरावहरु देखिन थालेपछि जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सोमवार सबै जिल्ला र स्थानिय तहलाई परिपत्र पठाउदै समायोजन सकिन निर्देशन दिएको छ । गत साउनमा भएको पहिलो कार्यकारणी समिति बैठक पछि शीर्ष पाच नेताले मंसीर भित्र पार्टीको सबैको समायोन काम सकिने गरि समय तालिका नै बनाएको थियो । कार्यकारणी समिति सदस्य रामसहाय यादव भन्छन,–‘विभिन्न कारण पुर्व घोषित मितीमा समायोजन हुन नसके पछि हामीले पुन यही माघको अन्तिम सम्म गर्ने गरि नया परिपत्र पठाएका छौ ।’ उनले सोमवार परिपत्र गरिए अनुसार २९ माघ भित्र सबै वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहको समायोजन सक्ने दावी गरे । मुख्यगरी तराई मधेशमा २० जिल्लामा पुर्व राजपा र सपाको आन्तरिक प्रतिस्पर्धाले समायोजन गर्न शिर्ष तहलाई गाहे परेको नेताहरुले अनौपचारिक रुपमा बताउने गरेका छन ।

नेता यादवले पनि यस पटक तराईमधेशका जिल्लामा जिल्ला तहमा दुवै पक्षको समान उपस्थ्तिीमा कार्यदल नै बनाएर समायोजन गर्न लागेको बताए । सोमवार अध्यक्षद्धय ठाकुर र यादवले गरेको परिपत्र मै सबै जिल्लामा दुवै पक्षको समान सहभागीमा एउटा कार्यदल निर्माण गरिएको छ ।