प्रदेश दुुई सरकारद्वारा मधेश आन्द्योलनका ११ सहिद परिवारलाई रोजागरी – Madhesh Update

प्रदेश दुुई सरकारद्वारा मधेश आन्द्योलनका ११ सहिद परिवारलाई रोजागरी

   February 2, 2021  

‘एक सहिद परिवार एक रोजगार’ कार्यक्रम अन्तर्गत प्रदेश २ सरकारले मधेश आन्दोलनको क्रममा साहदत दिएका ११ परिवारको सदस्यलाई रोजगारी दिएका छन ।

प्रदेश दुुईको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत ती सहिद परिवारहरुलाई मंगलवार रोजगारीको नियुक्ती पत्र दिइएको छ । मधेश आन्दोलनताका सहिद भएका वीरवल मुखिया (पर्सा) परिवारका सदस्य सुखारी मुखिया, राकेशकुमार ठाकुुर (सिरहा) परिवारका सदस्य रिनाकुमारी ठाकुर, रघु साफी (सप्तरी) परिवारका सदस्य लक्ष्मण रजक, ब्रहमदेव बरई (धनुषा) परिवारका सदस्य फुलोदेवी बरईलगायत ११ जनालाई नियुक्तिपत्र प्रदान गरेका छन् ।

उनीहरुलाई भोलिदेखि भौतिक मन्त्रालय मातहतका कार्यालयमा काममा लगाइने निर्देशन दिइसकेको विभागिय मन्त्री जितेन्द्र सोनलले बताएका छन । उनले प्रदेश २ सरकारले मधेश आन्दोलनमा सहिद भएका हरेक परिवारलाई एउटा रोजगारी दिने नीति लिएको छ सोहीअनुसार नियुक्ति दिने काम भइरहेको बताए ।

उनीहरुको बलिदानीका कारण संघीयता आएको र त्यसपछि गठन भएको प्रदेश सरकारलाई सहिदको परिवारलाई रेखदेख गर्ने जिम्मेवारी पनि रहेको बताए । मधेश सहिद प्रतिष्ठान गठन भएपछि सहिद परिवार, घाइतेलगायतको भरपोषण तथा शिक्षा, स्वास्थ्यको व्यवस्था समेत सरकारले गर्ने उनले बताए ।