प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पुुगेर जसपा नेता महतोले भने-संयुक्त आन्द्योलनको खाचो छ – Madhesh Update

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पुुगेर जसपा नेता महतोले भने-संयुक्त आन्द्योलनको खाचो छ

   February 1, 2021  

७ सय ८० जना जसपामा प्रवेश

प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र समेत पर्ने झापाको दमक पुगेर जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशी, आदीवासी, जनजाती सहित सिमान्तकृत समुदायको हक अधिकारका लागी संयुक्त आन्द्योलन गर्नु पर्ने बताएका छन । सोमवार झापाको दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महतोले जनतालाई ठगेर ल्याएको संविधानलाई अहिले फेरि देखाएर आ-आफनो गोटी सेक्ने काम भइरहेको भन्दै अधिकारवाट वन्चित भएका सबै एक ठाउमा आउनुको विकल्प नरहेको बताए ।

शासक र सभ्रान्तवर्गले सिमान्तकृत समुदायलाई जहिले पनि फुटाएर आफनो शासन चलाएको भन्दै महतो त्यसलाई सबैमा एक जुट भएर आन्द्योलनमा जानुको विकल्प नभएको बताए ।

काग्रैस र नेकपा परित्याग गरेर झापामा सोमवार ७ सय ८० महतोको हाथवाट टिका थापेर जसपामा प्रवेश गरेका छन । महतोले नवप्रवेशीहरुलाई प्रधानमन्त्ती ओलीवारेमा सत्यपरक ढंग समिकक्षा गरेर त्याहाका स्थानियलाई बताउन पनि आग्रह गरे ।

प्रधानमन्त्ती ओली सहित प्रमुख सबै दल मधेशी, आदीवसी, जनजाती, दलीत, सहितको समुदायको हक अधिकार वारेमा सक्रिण रहेको भन्दै महतोले जसपाको व्यानरमा सबै एक जुट भएर अघि वढनु पर्ने मा जोड दिएका थिए ।