शसस्त्र प्रहरीका हवलदार १५ हजार घुससहित अख्तियारको फन्दामा – Madhesh Update

शसस्त्र प्रहरीका हवलदार १५ हजार घुससहित अख्तियारको फन्दामा

   February 1, 2021  

१५ हजार रुपैयाँ घुससहित एक प्रहरी हवल्दार महोत्तरीमा अख्तियारको फन्दामा परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका १ स्थित निगौलचौकबाट १५ हजार घुस सहित शसस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत शसस्त्र प्रहरी बरिष्ठ हवलदार श्रवण बस्नेत पक्राउ परेका हुन् ।

सोमबार साँझ करिब ५ बजेको समयमा एकजना सर्वसाधारणबाट जंगलबाट दाउरा ल्याउन सहज गरिदिने प्रयोजन बापत घुस लिइरहेको बेला उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलिले पक्राउ गरेको हो ।

अख्तियारले हवल्दार चढेको ना १ झ ८६४ नंम्बर को बेस क्याम्पको भ्यान समेत नियन्त्रणमा लिएको जनाएको छ ।

हवल्दार बस्नेतमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।