मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रामकेवल साह नियुुक्त – Madhesh Update

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रामकेवल साह नियुुक्त

   January 31, 2021  

मधेश स्वास्थय विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रामकेवल साह नियुक्त भएको छ । प्रदेश दुुई सरकारले डा साहलाई आइतवार प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको छ । जनकपुर स्थित प्रादेशिक अस्पतालाई प्रतिष्ठान बनाउने गरि कहि समय अघि प्रदेश दुुईको संसदले कानुन बनाएको थियो । प्रतिष्ठानको कुलपतिमा प्रदेशको मुख्यमन्त्री रहने व्यवस्था छ ।

उपकुलपतिमा डा साह संगै रजिष्टारमा डा विनोद यादव र रेक्टरमा डा अंकुर साहलाई पनि नियुक्त गरिएको छ ।

आइतवार मुख्यमन्त्री निवास मधेशभवनमा आयोजित एक कार्यक्रमका विच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गरेका थिए ।

नियुक्ति पत्र हस्तान्तरण पछि संचारकर्मीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ती सरकारका लागि गौरबका दिनको रुपमा रहेको बताए ।

नवनियुक्त पदाकिारीहरुको लागी अवसर र चुनौती दुबै रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले यसै वर्ष देखी एकेडेमिक सेशनहरु संचालन हुने विश्वास व्यक्त गरे ।

प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ । कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि शैलेन्द्र प्रसाद साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति थिए ।