प्रतिनिधीसभा विघटनले मुलुक नयां द्धन्द तर्फ – महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधीसभा पुुर्नस्थापना र निर्वाचनको मागको मुलुक नयां द्धन्दमा जान लागेको बताएको छ । शनिवार जनकपुरमा जसपा सम्बद्ध इन्जिनियरहरुको भेलालाई सम्बोधन गर्दै ठाकुरले दुुई टा मध्ये एउटा जुनसुकैमा गए पनि मुलुक द्धन्दमा फस्ने बताए । नेकपा दुुई खेमा वाडिएको र एउटाले अर्कोको नारा स्विकार गर्ने अवस्था नरहेको भन्दै ठाकुर देशमा नयां द्धन्द सुरु हुने खतरा वढेको बताए ।
ठाकुरले देशलाई प्रतिनिधी पुर्नस्थापन र निर्वाचन दुवैल निकास दिन नसक्ने बताउदै नेकपाका कारण मुलुक गम्भिर संकटमा फसेको समेत बताए ।