जसपाद्धारा वडा-तह सम्मको थप विरोध कार्यक्रम घोषणा – Madhesh Update

जसपाद्धारा वडा-तह सम्मको थप विरोध कार्यक्रम घोषणा

   January 30, 2021  

प्रतिनिधीसभा विघटनको विरुद्धमा विरोध प्रर्दशन गर्दै आएको जनता समाजवादी पार्टीले शुक्रवार थप विरोध कार्यक्रम घोषणा गरेका छन । शुक्रवार बसेको जसपा पदाधिकारी बैठकले जिल्ला, निर्वाचन क्षेत्र, स्थापनय तह र वडा तहमा विरोध प्रर्दशन गर्ने गरि नयां कार्यक्रमहरु सार्वजनिक गरेका छ ।

नयां कार्यक्रम अनुसार आउदो २३ गते जिल्ला, २५ गते सबै निर्वाचन क्षेत्र स्तरीय, २७ गते स्थानिय तह र २९ गते सबै वडा तहमा जसपा नेपालले विरोध प्रर्दशन गर्ने छन ।

५ पुुषमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधीसभा विघटन गरे यता जसपाले दुुई चरणमा विरोध कार्यक्रमहरु गरिसकेको छ ।