सत्ता अनुकुल संविधानले देशमा विकास हुदैन – राजेन्द्र महतो – Madhesh Update

सत्ता अनुकुल संविधानले देशमा विकास हुदैन – राजेन्द्र महतो

   January 30, 2021  

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालमा सता टिकाउनका लागी संविधान बन्ने गरेकाले देशमा समानता र विकासको अनुुभुुति हुन नसकेको बताएको छ । जनकपुरमा शनिवार जसपा सम्बद्ध इन्जिनियरहरुको राष्टिय भेलालाई सम्बोधन गर्दै महतोले जनतालाई केन्द्रमा राखेर भन्द्या पनि याहा शासकहरु आफनो अनुकुल संविधान बनाउने गरेको आरोप लगाए । देशमा अहिले पुन समस्या देखिनुको मुल कारण औपनिवेशिक शासन रहेको भन्दै महतोले त्यसको अन्त्यका लागी जनता मुखि संविधान बनाउनु पर्नेमा जोड दिए । उनले त्यसले नै देशलाई विकास तर्फ डोर्याउने पनि बताए ।

नेपालमा नेताहरुले संविधान बनाउदा सतालाई दिमागमा राख्ने गरेकाले अहिलको जस्तो समस्या उत्पन्न भएको उनले बताए ।

यो संविधान बन्दा नै मधेशीहरुको साथ धोखा भएको जिकिर गर्दै महतोले यो देशमा प्रतिगमन राजनितीक खेती बन्न पुुगेको बताए । मधेशी मोर्चा संग संविधान सम्बद्ध कुरामा तात्कालिन काग्रेस, एमाले र माओवादी सबैले मिलेर ८ बुदे सहमती गरेर प्रसंग निकाल्दै उनले तर नयां संविधान जारी हुने वेलामा त्यो लागु नगरिएको बताए । उनले मधेशीहरुका लागी त्यती वेलै प्रमुख दलहरुले प्रतिगमन गरेको भन्दै यसरी देश अगाडी नवढन नसक्ने ठोकुवा गरे ।

छिमक सहित अन्य देशमा सयौ बर्ष देखि एउटै संविधान रहेको प्रसंग निकाल्दै महतो नेपालमा पनि हिमाल देखि तराइ मधेशका जनताहरु सहित सबै पक्षलाई न्याय हुने गरि सविधान हुनु पर्नेमा उनको जोड थियो ।

शनिवार जनकपुरमा जसपा सम्बद्ध राष्टिय इन्जिनियर संघको भेलामा जसपाका वरिष्ठ नेता महतो सहित अध्यक्ष महन्थ ठाकुर, नेताहरु अनिल झा, राजकिशोर यादव, शरदसिंह भण्डारी लगायतका शिर्ष नेताहरु उपस्थित थिए ।